लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा निस्केकोे बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रम गरेको छ ।
दुई संघबीच भातृत्व तथा आत्ीमयता कायम गर्दै आपसमा अनुभव साटासाट गर्ने उद्देश्यले राखिएको छलफलमा दुवै संघले गरेका काम र आगामी दिनमा गरिने योजनाका बारेमा चर्चा गरिएको थियो ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा सडक सञ्जाल विस्तार भई चीन नाकासम्म जाने हुँदा व्यावसायिक हब बन्दै गरेको बताए । उनले संघले कोसेलीघर र स्थानीय उत्पादनको ब्रान्डिङमा विशेष जोड दिएको जनाए ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठले संघको गतिविधिबारे जानकारी गराए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणि महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, पूर्व अध्यक्ष कृष्णहरि भण्डारी, बलराम ढकाले लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यको सहभागिता रहेको कार्यक्रमको संचालन संघ महासचिव जानुका पराजुली अधिकारीले गरेका थिए । धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरे ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१