पोखरा । नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार–२०८१ बाट विना सिलवाल सम्मानित हुने भएकी छन् ।
पोखरा छोरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहद्वारा स्थापित सो पुरस्कार गतवर्षदेखि प्रदान गरिँदै आएको छ । पुरस्कारका लागि प्रतिभा छनोट समिति संयोजक छन्दनायक माधव वियोगीको अध्यक्षतामा बसेको समितिको बैठकले सिफारिस गरे अनुसार बिहीबार बसेको समूहको बैठकले सो निर्णय गरेको हो । छनोट समितिमा संस्था अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे र सल्लाहकार अधिवक्ता जानकी शर्मा सदस्य थिए ।
कोपिला नेपालसहित विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रही करिब ४० वर्षदेखि अन्यायमा परेकालाई न्याय दिलाउन, महिलाको हकहितको संरक्षण गर्न, महिला हिंसाविरुद्ध लड्न तथा सबल र सक्षम बनाउन उल्लेख्य योगदान दिएकोमा सोको कदर गर्दै उनलाई पुरस्कृत गर्न लागिएको संस्थाकी अध्यक्ष जानुका पौडेलले जानकारी दिइन् ।
सो पुरस्कार गत वर्ष प्रथम पटक सुष्मा पौडेललाई प्रदान गरिएको थियो । पुरस्कार संस्थाको स्थापना दिवस सन्दर्भमा ५ असोजमा बेलघारीमा हुने समारोहमा प्रदान गरिनेछ ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१