किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०८१
kishori

पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ ।

किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्दतिलाई परिष्कृत गरी बिस्तार गर्ने, परिवार योजनासम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना सेवालाई दिगो रूपमा उपलब्ध गराउन निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र फार्मेसीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न उक्त योजनाले सहायता प्रदान गर्ने विश्वास गरिएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा यो योजना गण्डकी प्रदेशका ७ जिल्लाका ११ पालिकाहरूमा सञ्चालित छ । पोखरा महानगरपालिकाका १ हस्पिटल, ४ पोलिक्लिनिक, १ क्लिनिक र २३ फार्मेसी गरी २९ वटा निजी स्वास्थ्य संस्थाहरूमा यो योजना लागु छ । नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको जनस्वास्थ्यका कार्यक्रममध्ये किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम एक महत्वपूर्ण कार्यक्रम हो ।

किशोरकिशोरीलाई सहजरूपमा आफ्ना समस्या राख्न र स्वास्थ्य संस्थाबाट प्रदान हुने प्रजनन् स्वास्थ्य लगायतका अन्य स्वास्थ्य सेवा लिन उपयुक्त वातावरण तयार गरी सेवाको पहुँच बढाउन ‘किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९’ समेत जारी भई कार्यान्वयनमा रहेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालालाई निर्देशन दिए । नागरिकले पाउनुपर्ने स्वास्थ्यको अधिकार प्रत्याभूतिमा सरोकारवाला थप जिम्मेवार बन्नुपर्ने उनले बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वय तथा मोमेन्टमद्वारा आयोजित कार्यक्रम स्वास्थ्य क्षेत्रका सरोकारवालाको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महानगरका जनस्वास्थ्य निरीक्षक सत्यराज साँखीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • मानव सेवामा निर्माण व्यवसायीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका…
  • पोखरा वडा १४ को शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १४ कार्यालयले विजयादशमी, दीपावली, नेपाल संवत् छठ, इद पर्वहरुको उपलक्ष्यमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न…
  • क्षत्री समाजको कलश यात्रा र महाआरति

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । क्षत्री समाज नेपाल पोखरा १६ ले बडादशैँको सप्तमीका दिन कलश यात्रासहित विधिपूर्वक महाआरति गर्ने भएको छ । ऐतिहासिकस्थल…
  • तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ–२०८१ तथा नेपाल…

hero news full width