पोखरा । १११ औं बिपी जयन्ती अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएकोमा ११ जनालाई बुधबार सम्मान गरेको छ ।
पोखरामा आयोजित समारोहमा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेका हुन् । सम्मानित हुनेमा भोजराज भण्डारी (कास्की), दुुर्गादत्त पौडेल (नवलपुुर), तीलबहादुुर गुुरुङ (गोरखा), सानुुमाया गुुरुङ (लमजुुङ), बुुिद्धकुुमार बतास (तनहुँ), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कँडेल (बागलुुङ), भैरवबहादुर हुमेल (म्याग्दी), राज घले (मनाङ) र कृष्णप्रसाद बरुवाल (मुस्ताङ) छन् ।
कांग्रेस पूर्व महामन्त्री कोइरालाले बिपीको चिन्तन आत्मसात गर्न सके कांग्रेस कहिल्यै पनि कमजोर बन्नुनपर्ने बताए । उनले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने सो अवसरमा उद्घोषसमेत गरे ।
पार्टी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुुपर्छ भन्ने विचारका साथ स्थापित कांग्रेसले बिपीको आदर्श भुल्न नहुनेमा जोड दिए । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बिपीले तत्कालीन समयमा अघि सारेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण कांग्रेस कमजोर बनेको टिप्पणी गरे । उनले स्थापनाकालीन आदर्शलाई व्यवहारमा उतार्दै अघि बढेमा कांग्रेस कसैसँग पनि झुक्नु पर्ने र सधैं जनताको विश्वास जितिरहने बताए ।
कार्यक्रमका सभापति एवं बिपी स्मृति पुस्तकालय गण्डकी अध्यक्ष माधवप्रसाद बास्तोल (मधु)ले पुस्तकालयतर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई बर्सेनि सम्मान गर्दै आएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोग पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले विपी कोइरालाः प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा कांग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ एवं सम्मानित व्यक्तिहरूले बिपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पर्याएको योगदानको चर्चा गरे ।
पुस्तकालयका सचिव सूर्य क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सदस्य एवं पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयका सम्बन्धमा प्रकाश पार्दै धन्यवाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
प्रधानन्यायाधीशमा राउत नियुक्त
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह
संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१