गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मंसिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रूपमा लिइन्छ । यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ ।
नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त ? पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त ? होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘प्रर्वद्धनात्मक कार्यक्रममा हामी बढी केन्द्रित छौँ, पर्यटकीय राजधानी घोषणा लगत्तै होटलमा छुट अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गरेका थियौँ ।’
उनले ‘अफ सिजन’ मा होटलहरूले ५० प्रतिशतसम्म छुट दिने गरेको बताए । ‘अहिलेको वर्षायाममा पर्यटक आगमन ज्यादै न्यून रह्यो, आन्तरिक पर्यटक पनि पोखरा–मुग्निल राजमार्गको नाजुक अवस्थाका कारण पोखरा आउन चाहेनन्,’ संघका अध्यक्ष सुवेदीले भने, ‘अब असोज लागेपछि पर्यटक आवागमन बढ्छ, पदयात्राका लागि आउने विदेशी पर्यटक पनि यही याममा बढी आउँछन् ।’ उनले आन्तरिक पर्यटकलाई पोखरा भित्राउन देशका विभिन्न सहरमा ‘जाऔँ है पोखरा’ कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए ।
भारतीय बजारलाई लक्षित गरी ‘चलिए पोखरा’ र चीनमा पनि सोही प्रकृतिको प्रवद्र्धनात्मक कार्यक्रम बर्सेनि हुँदै आएको उनको भनाइ छ । ‘पोखरामा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भनेर होटल संघलगायत पर्यटन सम्बद्ध संघसंस्थाहरू लागिपरेका छन्,’ संघका अध्यक्ष सुवेदीले भने, ‘पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखराको पर्यटन विकासमा राज्यका नियकाले पनि विशेष ध्यान दिनुपर्छ, पूर्वाधारमा लगानी बढाउनुपर्छ ।’
लामो प्रयास र बहसपछि गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा गरेका थिए । उनले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगमका रूपमा रहेको उल्लेख गरेका थिए ।
प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्बर जिसीले पर्यटन पूर्वाधार र प्रवद्र्धनका कार्यक्रम भइरहेको बताए । पोखरालगायत यस क्षेत्रका गन्तव्यस्थलको वृत्तचित्र र प्रचार सामग्री तयार पारी प्रकाशन÷प्रसारण गरिएको उनको भनाइ छ । ‘आउँदो पर्यटकीय यामलाई लक्षित गरी पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने सोच मन्त्रालयले बनाएको छ, अन्य प्रवद्र्धनात्मक कार्यक्रम पनि तय गरिएको छ,’ उनले भने, ‘पोखराको नयाँ गन्तव्यका रूपमा विकास भइरहेको राउण्ड फेवा–भ्यू फेवा ट्रेकिङ ट्रेलको काम आधा सकिएको छ, यो वर्ष थप ५० लाख बजेट उक्त योजना छ ।’ प्रदेश सरकारले बेगनास तालमा क्रुज सिप सञ्चालनको योजना पनि अगाडि बढाएको उनले बताए । प्रदेश सरकारले आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्दल निर्माणलगायत पर्यटनलक्षित योजना घोषणा गरेको छ ।
गत वर्ष ४ चैतमा तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’ ले पोखरालाई औपचारिक रूपमा ‘पर्यटनको राजधानी’ घोषणा गरेका थिए ।
पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकीय राजधानीका रूपमा विश्व पर्यटन बजारमा पोखराको थप ‘ब्राण्डिङ’ भइरहेको बताए । ‘पोखरा यसै पनि पूर्वाधारसम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘यो घोषणाले पोखरा मात्रै नभएर सिंगो देशकै आर्थिक समृद्धिमा दुरगामी महत्व राख्छ ।’
पोखरामा उल्लेख्य संख्यामा विदेशी पर्यटक भित्राउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उनले जोड दिनुभयो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बित्न लाग्दासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटन व्यवसायी श्रेष्ठका अनुसार पोखराको पर्यटनमा झण्डै छ खर्बको लगानी छ । साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन् ।
बहुआयमिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सरकार र निजी क्षेत्रबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ छ । पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधिकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । उक्र घोषणासँगै पोखराको पर्यटन विकासमा तीन वर्षे, पाँच वर्षे र दीर्घकालीन योजना तय गरिएको छ ।
अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवद्र्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको छ । मध्यमकालीन रणनीतिमा विशिष्कृत पर्यटन विकास, बसोबासका विकल्पको विविधिकरण र व्यवसायिक जनशक्तिको उपलब्धतालाई समेटिएको छ । दिगोपना, समावेशीता, विद्युतीय पर्यटनलगायत विषय दीर्घकालीन रणनीतिमा उल्लेख छन् । पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने भन्दै पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको पर्यटन विज्ञहरूले बताउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१