पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) को मंगलबार २१ औं साधारण सभा तथा १० औं अधिवेशन समारोहमा बोल्दै संस्इथा अध्यक्ष सुनिलबहादुर भट्टराईले सो माग गरे ।
उनले पर्यटनको राजधानी पोखराको पर्यटन उकास्ने हो भने सोलो उडान खोल्नुको विकल्प नरहेको तर्क गरे । उनले पोखरामा प्याराग्लाइडिङको सोलो उडान नहुँदा विदेशी पर्यटकको आगमन कम भएको दाबी गरे । यस्तै, नयाँ जनशक्ति उत्पादनमासमेत समस्या परेको उनले बताए ।
सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान बन्द गर्दा त्यसको असर सिंगो व्यवसायमा परेको बताए । तर फेरि तोरीपानीबाटै उडान हुँदा केहि उत्साह थपिए पनि ल्यान्डिङ टाढा भएको गुनासो गरे । उनले फेवाताल किनार खपौंदीमै ल्याण्डिङ गर्ने वातावरण मिलाउन माग गरे ।
त्यसअघि सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाईडिङ खम्बाको रुपमा रहेको बताए । उनले यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिने बताए । उनले यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार रहेको आश्वासन दिए ।
पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले आफू अध्यक्ष बने प्याराग्लाइडिङलाई उच्च प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने योजना सुनाए ।
पोखरा पर्यटन परिषदका नवनिर्वाचित अध्यक्ष तारानाथ पहारीले प्याराग्लाईडिङ पोखराको पर्यटनको मेरुदण्ड भएको बताए । यसलाई बलियो बनाउन सकेमात्र पोखराको पर्यटनले गति लिने उनको भनाइ थियो ।
यसैबीच, नाले पत्रकारद्वय अमृत सुवेदी र परशुराम शर्मालाई सम्मान गरेको छ । पत्रकारितामार्फत पोखराको पर्यटनमा महत्वपूर्ण योगदान गरेकोमा सम्मान गरिएको हो । सुवेदी अनलाइन खबर गण्डकीका ब्यूरो प्रमुख हुन् भने शर्मा नेपाल टेलिभिजनका कास्की संवाददाता हुन् । उनीहरुलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालगायतले सम्मान गरे ।
Related News
सम्बन्धित समाचार
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१