गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०८१
muyathai Main

पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघ अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार प्रथम अधिवेशनले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षद्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की छन् । सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रीना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश गुरुङ छन् ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले मुवाँथाई गण्डकीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रभाव पार्न सफल भएको जनाए । उनले मुवाँथाई खेलको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । उनले नवौं राष्ट्रिय खेलकुद सवैको साथ र सहयोगले नै गण्डकी प्रदेशमा सफलता पूर्वक सम्पन्न भएको उल्लेख गर्दै सबै खेलाडीहरुलाई दशौं राष्ट्रिय खेलकुदका लागि तयारी हुन समेत आग्रह गरे ।

प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले गण्डकी प्रदेशको मुवाँथाई खेलको विकास लागि परिषद्ले बजेट नै विनियोजन गरेर अघि बढेको जनाउँदै मुवाँथाई खेलको विकास र प्रवद्र्धनमा सबै एकजुट हुनुपर्ने जनाए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनिल गुरुङ, प्रदेश खेलकुद परिषद् सदस्य खगेन्द्र क्षेत्रीलगायतले मुवाँथाई खेलको विकासले खेलाडीभित्रको क्षमता निर्खान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो कला र क्षमता प्रदर्शनका लागि एक भएर अघि बढ्न आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • फूलपातिमा सराङकोटमा सरुन खेल हुने

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग…
  • बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण गरेको छ । संघले सोमबार दशैँ, तिहार, नेपाल संवत्…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • जुडो रेफ्री तथा कोच तालिम

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा आइतबार ‘जुडो रेफ्री तथा कोच तालिम’ सम्पन्न भएको छ । पोखरा रंगशालाभित्र जुडो…
  • पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा…

hero news full width

Recent Posts

भर्खरै