पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ ।
साहित्य, कला र संगीत क्लबका अध्यक्ष छात्र डेविड दुतराजको अध्यक्षतामा भएको प्रतियोगिताको महत्वमाथि प्रकाश पार्दै अतिरिक्त क्रियाकलाप विभागीय प्रमुख तेज गुरुङले विद्यार्थीमा प्रतियोगितामा मात्र नभएर सबै ठाउँमा आफ्ना भनाइ प्रभावकारी रुपमा राख्न सक्ने क्षमताको विकास हुन अत्यन्त जरुरी रहेको बताए ।
अंग्रेजी र नेपाली दुवै भाषामा आयोजना गरिएको कार्यक्रममा अंग्रेजीतर्फ सरिस राना, सुरक्षा सेरपुर्जा, क्यारोल गुरुङले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
शान्ति गुरुङ र सुप्रिया गुरुङले सान्त्वना भए ।
नेपालीतर्फ पूर्णिमा गुरुङ, मिलन श्रेष्ठ शुस्मिता छन्त्याल, सरिस रानाले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गरे ।
सामाजिक शिक्षकद्वय हेम सुवेदी र ऋषि खतिवडा साथै नेपाली शिक्षक नारायण बराल (नेपालीतर्फ) र प्लस टु संयोजक कृष्ण लम्साल र अंग्रेजी शक्षक अनिल पराजुली (अंग्रेजीतर्फ) निर्णायक थिए ।
हिसान कास्कीद्वारा आयोजित नेपाली निबन्ध लेखन प्रतियोगितामा सान्तवना स्थान हासिल गरेकी छात्रा पूर्णिमा गुरुङलाई पनि उक्त कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले सम्मान गरियो ।
वक्तृत्वकला प्रतियोगिताका संयोजन सामाजिक विभाग प्रमुख भरत गुरुङले गरेका थिए ।
प्राचार्य सइन्द्रराज श्रेष्ठले कार्यक्रममा पुरस्कृतलाई बधाई दिँदै कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति
सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?
शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
शिवशक्तिमा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१