३ वर्षमा ३०० आत्महत्या !

रामकुमार श्रेष्ठ
भाद्र २६, २०८१
nawalpur suicide

नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या दर घट्ना केही घट्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो ३ वर्षको तथ्यांक केलाउँदा जिल्लामा पहिलेको तुलनामा आत्महत्या गर्नेको दर घट्दै गए पनि संख्या भने डरलाग्दो छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा ३ सय १८ जनाले आत्महत्या गरेका हुन् । आव २०७८‍/०७९ मा १ सय १६ जनाले आत्महत्या गरेकोमा २०७९/८० मा त्यो संख्या केही घटेर १ सय २ जनामा सीमित छ । त्यस्तै, गत आव २०८०/८१ मा ८९ जनाले आत्महत्या गरे । चालु आवका २महिनामा ११ जनाले आत्महत्या गरिसकेको प्रहरीको भनाइ छ । ११ जनामध्ये ६ पुरुष, ३ महिला र २ बालबालिका हुन् ।

मृतक ३ सय १८ जनामध्ये १ सय ६६ पुरुष, १ सय ८ महिला, ४४ जना बालबालिका रहेको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो । जिल्लामा चलाइएको सचेतनामूलक कार्यक्रम र व्यावसायिक मनोपरामर्शदाताका कारण आत्महत्याको दर केही घटे पनि अझै पनि यो तथ्यांक डरलाग्दो रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नरहरि रेग्मीका अनुसार आत्महत्याको प्रमुख कारणमा मिटर ब्याज, ड्रग र गोप्य भिडियोहरू सार्वजनिक गरिदिनु रहेका छन् ।

मिटर ब्याजले मानसिक तनाव सिर्जना गर्ने, ड्रग्सले पारिवारिक र सामाजिक कलह निम्त्याउने र युवायुवतीमा गोप्यरूपमा खिचिएका भिडियाृ पछि सार्वजनिक गर्नु जस्ता कारणले आत्महत्या गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार नेपाल आत्महत्या गर्ने मुलुकको आठौँ नम्बरमा छ । यहाँ १ वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गर्ने गरेका छन् ।

विश्व आत्महत्या रोकथाम दिवस–२०८१ मा स्वास्थ्य कार्यालय नवलपुरले मंगलबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रम नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले आत्महत्याको कारण र रोकथामका उपायका बारेमा सहजीकरण गरे । उनले नेपालमा आत्महत्याको अवस्था विकराल रहेको बताउँदै यसलाई रोक्न घरपरिवारबाटै वातावरण बनाउनुपर्ने सुझाए । आत्महत्याको प्रमुख कारण ‘मनोरोग डिप्रेसन’ रहेको उनले बताए ।

एक तथ्यांक अनुसार विश्वमा ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्दछन् भने प्रत्येक १ सय जनामा १८ जना मनोरोगी डिप्रेसनका सिकार छन् । गत आवमा नेपालमा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका थिए । यो भनेको दैनिक सरदर २० जना हुन् ।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै