पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सुरु भएको हो । सेमिनारमा सातै प्रदेशबाट २ सयभन्दा बढीको सहभागिता छ ।
सेमिनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्दै १० औं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तै देखिएको बताए । तर पनि उनले आफूहरुले तयारी भने छोड्नु हुन्न भने ।
मन्त्री थापाले नेपाली हाप्किडोले छोटो समयमा नै नेपाली खेलकुदमा महत्वपूर्ण रुपमा विकास गरेकोप्रति प्रशंसा व्यक्त गर्दै दशौं राष्ट्रिय खेलकुदमा समावेश गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
पोखरालाई खेलकुद शहरको रुपमा अघि बढाउन प्रचूर सम्भावना रहेको मात्रै नभई सबैको ध्यान त्यसतर्फ खिच्नसमेत सफल रहेको पछिल्लो समय यहाँ हुने खेलकुद गतिविधिले समेत त्यसलाई पुष्टि गरेको उल्लेख गरे । खेलकुद माध्यमबाट भाइचारा सम्बन्ध स्थापित गर्न भूमिका खेल्ने भएकोले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको हित र खेलकुद विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाले जनाए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य एवं पत्रकार केशव पाठक, कास्की जिल्ला हाप्किडो संघ अध्यक्ष रवीन गुरुङलगायतले आफ्ना भनाइ राखेका थिए ।
नेपाल हाप्किडो संघ केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम लगायत हाप्किडो खेलको प्रदर्शन गरिएको थियो ।
सो अवसरमा अध्यक्ष मगरले नेपाली हप्किडोले पछिल्लो समयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप छोड्न सफल भएको जनाउँदै हाप्किडो खेलको विकास र विस्तारका लागि राज्यको भूमिका आवश्यक रहेको औंल्याए ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१