पोखरा, २५ भदौ । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पोखराका सहकारी पीडितले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् ।
रास्वपाको प्रदेशस्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार दिउँसो १ बजे पोखरा आएका पार्टी सभापति एवं पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पीडितले कालोझण्डा देखाएर नाराबासहित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुको प्रदर्शनका कारण लामिछानेलाई कार्यक्रमस्थल पोखरा १७, बिरौटास्थित ग्यालेक्सी बैंक्युट पु¥याउन सुरक्षा निकायलाई समेत हम्मेहम्मे परेको थियो ।
सहकारी पीडित विभिन्न नाराअंकित प्ले कार्ड बोकेर ठूलो संख्यामा बिरौटामा भेला भएका थिए ।
सहकारी पीडितको संयक्त संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीहरुको पैसा खाएर यिनीहरु खुल्लमखुला हिंडिरहने ? सहकारी ठग्ने अब कसैलाई पनि छोड्दैनौं ।’
अहिले उक्त बैंक्युटमा भित्रबाट गेट लगाएर कार्यक्रम भइरहेको छ । पीडित पनि करिब १ घण्टादेखि नाराबाजी गरिरहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनीरूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कारबाही हुनुपर्नेे पीडित पक्षको माग छ । उक्त ठगी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा पिङको मज्जा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
असाेज २०, २०८१