पोखरा । नेपाली कांग्रेसद्वारा कास्कीका ७२ वटै वडामा एउटै समयमा पार्टीको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत मादी–१२ मा सोमबार क्रियाशील सदस्यता वितरण गरिएको छ।
१११ औं विपी जयन्तीसमेत अवसर पारी आयोजित कार्यक्रममा कांग्रेस कास्कीले उक्त वडामा कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि खटाएको थियो।
सदस्यता वितरण गर्दै बरालले गाउँगाउँका इमानदार कार्यकर्ताले नै पार्टीको गरिमालाई बचाइरहेको बताए । बिपीका आदर्श आत्मसात गर्दैै अघि बढ्न सकेमा मात्रै कांग्रेसले आफ्नो गरिमा जोगाउँदै समाज र राष्ट्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उनले बताए । प्रमुख अतिथि समेत रहेका नेता बरालले बिपीको जीवनी, व्यक्तित्व र कृतित्व लगायत विषयमा जानकारी गराएका थिए।
जिल्ला प्रतिनिधि एवम् नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष मित्रलाल सापकोटाले बिपीले देखाएको बाटोलाई बिर्सन नहुनेमा जोड दिँदै तल्लो तहको कार्यकर्ताको इमानदारिता र क्रियाशीलताले नै पार्टी संगठन जोगाएको धारणा राखे।
जिल्ला प्रतिनिधि एवं नेपाल किसान महासंघ कास्की क्षेत्र नं १ का सभापति धनेश्वर न्यौपानेले समाजको तल्लो तहका कार्यकर्ताको भावनालाई नेतृत्वले आत्मसात गर्न सक्नुपर्नेमा जोड दिए।
जिल्ला प्रतिनिधि एवं कांग्रेस मादी गाउँपालिकाका उपसभापति कृष्णचन्द्र बरालले देशैभरी एकै दिन एउटै समयमा क्रियाशील सदस्यता वितरण भएको बताउँदै प्रत्येक सदस्यले इमानदार भएर पार्टी संगठनलाई बलियो बनाउन लाग्नुुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका सभापति कांग्रेस मादी वडा १२ का सभापति महेन्द्रप्रसाद पौडेलले वडाको पार्टी संगठनका गतिविधिबारे जानकारी गराए । स्थानीय तहमा क्रियाशील कार्यकर्ताको भावना पार्टीले आत्मसात गर्नुुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा तुलसी आचार्य, गणेशबहादुर पतनी, शम्भुराज अधिकारी, नारायणी पौडेल, डिल्लीराज गिरी (दिनेश), जंगबहादुुर रानाभाट लगायतले तल्लो तहका कार्यकर्ताको भावना बुुझ्न नेतृत्वलाई आग्रह गरे।
कार्यक्रममा उमेर ढल्किसकेका ज्येष्ठ नागरिकले पनि क्रियाशील सदस्यता लिँदा खुसी व्यक्त भएको कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले बताए।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१