पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन), गण्डकी प्रदेश समिति आयोजनामा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा समुन्नत देश निर्माण अभियानमा भरोषा योग्य समूह भएको दाबी गरिएको छ ।
केन्द्रीय समितिका उम्मेदवार आएसँगै गण्डकी प्रदेश समितिमा इ. सन्तोष जिसीको नेतृत्वमा १२ औं कार्यकारिणी समितिका लागि १५ जनाको टोलीले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशबाट इ. अवित केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
यही २८ भदौमा हुने निर्वाचनमा प्रदेशले विभिन्न १४ बुँदे घोषणापत्र बनाएर अघि बढेको छ । गण्डकी प्रदेश समितिका लागि १ हजार ५ सय ५१ जनाले मतदान गर्ने छन् ।
‘इन्जिनियरिङ समुदायको समुन्नतिः दशकको दृष्टिकोण’ नारा लिएर प्रतिबद्धतापत्र वितरण गर्दै गण्डकी प्रदेशमा आवद्ध इन्जिनियरसँग मत माग्दै संस्थाको सवलीकरण, क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, हकहितको संरक्षण तथा पैरवी, एकता सहकार्य तथा गुणस्तर सहितको सामाजिक आदर्श निर्माण अभियानमा सिडेनले प्रतिबद्धता जनाएको छ ।
उम्मेदवार इ.सुवासचन्द्र बरालले आफ्नो टिमलाई मत मागे । उनको नेतृत्वमा उपाध्यक्ष प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल चुनावी मैदानमा होमिएका छन् ।
सदस्यमा यमकृष्ण पौडेल, प्रभूराम पोखरेल, एमेन्द्र गुरुङ अनिल पौडेल, संजयकुमार साह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियंका गुप्ता र जयकिसुन रायले उम्मेदवारी परिचय गर्दै लोकतान्त्रिक समूह सिडेलको प्यानललाई मत मागेका थिए ।
गण्डकी प्रदेश समितिमा जिसी सभापतिको उम्मेदवार छन् । उनको टिममा उपसभापतिमा विशाल थापा, सचिवमा निरोज लामिछाने, सहसचिवमा मञ्जु सिल्पकार, कोषाध्यक्षमा विश्वास आचार्य छन् ।
सदस्यमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सेना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा चुनावी मैदानमा छन् । देशभर १८ हजार ६ सय १ मतदाता रहेको एसोसिएसनमा वितगमा सधैँ सिडेनले नेतृत्व गर्दै आएको छ ।
उम्मेदवार परिचयात्मक कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सभापति शुक्रराज शर्माले विजयीको माला पहिरिन आतुर रहेको बताए । शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले इन्जिनियरहरुले देशको भविष्यको लागि भरोषायोग्य बनाउने अभियानमा जुटन आग्रह गरे । व्यक्तिको क्षमता पहिचान गरी अघि बढाउने नीति कांग्रेसमा मात्र भएकाले बिपी कोइरालाको सिद्धान्त सधैँ मनन् गर्न उम्मेदवारलाई आग्रह गरे ।
सिडेन गण्डकी प्रदेशका सभापति वृजेन्द्र केसीको अध्यक्षतामा भएको सभा सचिव शिरशकुमार बास्तोलाले सञ्चालन गरेका थिए ।
कांग्रेस कास्की सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका चुनावी कमाण्डर जगदीशचन्द्र पोखरेल, उमेश थानी, दीपकबाबु कँडेल, निर्वाचन राष्ट्रिय निर्वाचनको सन्देश भएकाले अत्यन्त जिम्मेवार ढंगबाट प्रस्तुत हुन सुझाव दिए ।
Related News
सम्बन्धित समाचार
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१