कृषि हाट बजारले किसान र उपभोक्ता उत्साहित

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०८१
Hatbazar Main

लमजुङ । सुन्दरबजारमा सञ्चालित कृषि हाट बजारका कारण किसान र उपभोक्ता उत्साहित भएका छन् । सुन्दरबजार हाट बजार व्यवस्थापन समितिको संयोजन र एभरेष्ट सहकारी संस्थाको समन्वयमा उक्त हाट बजार सञ्चालित भएको हो ।

अर्गानिक फलफूल र तरकारीका उत्पादित वस्तु आफैँले बिक्री गर्न पाउँदा किसान उत्साहित भएका हुन् भने अन्यत्रका पसल तुलनामा सुलभ मूल्यका अर्गानिक ताजा वस्तु सेवन गर्ने अवसर पाउँदा उपभोक्ता समेत उत्साहित छन् ।

सुन्दरबजार ७, फिल्म हल रोडस्थित एभरेष्ट साकोससँगै स्टल निर्माण गरी हाट सञ्चालन गरिएको व्यवस्थापन समिति अध्यक्ष एवं सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

उनका अनुसार सालको पात प्रतिमुठा एक सय, भ्याकुर प्रतिकेजी एक सय, गोलभेंडा ८०, घिँरौला ७०, प्याज एक सय, लसुन तीन सय, अम्बा एक सय प्रतिकेजी मूल्य तोकिएको थियो । श्रेष्ठका अनुसार हाट बजार बिहान ८ बजेदेखि कृषि सामग्री नसक्दासम्म चल्ने गरेको छ । प्रायः ३ बजेसम्म सबै बिक्री हुने गरेको उनको भनाइ छ । यसको विशेषताबारे उनले भने, ‘कृषि उपजका लागि मात्र स्टल राख्न दिइएको छ । खाद्यान्न तथा लत्ता कपडा भने बिक्री गर्न दिइने छैन ।’

सुन्दरबजार नगरपालिकाका किसान बाहेक राइनास ८, हर्राबोट र तार्कुघाट क्षेत्रका साथै तनहुँ भानु–११, मानेचौका र खाल्टेका किसानको आ–आफ्नो उत्पादनसहित प्रत्यक्ष उपस्थिति रहने गरेको छ ।

सुन्दरबजार–५, गहतेकी ६५ वर्षीया किसान बालकुमारी गुरुङले आफूले उत्पादन गरेको काँक्रो, मोही, टिमुर, घिँरौला बिक्रीका लागि ल्याएको बताइन् । उनका अनुसार यस्तो हाट हप्तामा २ दिन सञ्चालन गर्नुपर्ने र कृषि वस्तु ढुवानीमा अनुदान दिएमा आफूहरूलाई सहज हुने थियो । उनले भनिन्, ‘आफूले ल्याएको सामान डेढदुई घण्टामै सबै बिक्री भयो ।’

सुलभ मूल्यका अर्गानिक ताजा वस्तु सेवन गर्न पाइने भएपछि उपभोक्तासमेत उत्साहित

सुन्दरबजार–५ कै खहरे निवासी चीजामाया मजाकोटीले गएको हप्ता अनदीको चामल र यो हप्ता सालको पात ल्याएकोमा सबै सहजरुपमा बिक्री भएको प्रतिक्रिया दिइन् । उनले ढुवानीमा भने सहुलियत हुनुपर्ने माग गरिन् ।

कृषि हाटबजारमा आएका सबै स्थानीय कृषि वस्तु गत साता ७२ हजार ५ सयको कारोबार भएको बजार व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार आउँदो सातादेखि करिब १ लाखको कारोबार हुने आकलन छ ।

हाटमा मोही, सालको पात, टिमुर, भ्याकुर, हाँस, लोकल कुखुरा, घिँरौला, चिचिण्डा, अम्बा, फर्सी, घीउ, मह, लसुन, प्याज, साग, कागती, कागतीको अचार, सिस्नो, सिमी, गुन्द्रुक, अम्रिसो कुचो, अकबरे खुर्सानी, कुरिलो, भिन्डी आदि बिक्रीका लागि राखिएको थियोे ।

बजार संचालनमा सुन्दरबजार नगरपालिका, सोही नगरपालिकाको वडा ७ वडा समिति, नगरपालिकाको कृषि र पशु सेवा शाखा, आरसिडिसी, वल्र्ड भिजन, लमजुङ कृषि क्याम्पस, लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइ, सुन्दरबजार चेम्बर अफ कमर्स लगायतका संस्थाको सहयोग रहेको वडा ७ का जयराम रेग्मीले बताए ।

अर्गानिक कृषि वस्तु सुपथ मूल्यमा खरिद गरी उपभोग गर्न पाउँदा स्वास्थ र आर्थिक रुपमा फाइदा हुने तर यसलाई हप्तामा दुई दिन गर्दा उपयुक्त हुने उपभोक्ता सीतारामप्रसाद शाहले सुझाव दिएका छन् ।

सुन्दरबजार क्षेत्रमा बसोबास गरी साँझबिहान किनमेल गर्ने उपभोक्ताको संख्या १३ सय रहेको एक सर्वेक्षणले देखाएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले उल्लेख गरे । उनी भन्छन्, ‘ती उपभोक्तामध्ये १२ देखि १५ प्रतिशतले मात्र उक्त हाट बजारबाट सामान खरिद गर्ने बानी बसालेमा बजार सञ्चालनका लागि कुनै समस्या हुने छैन ।’

Related News

सम्बन्धित समाचार

  • एग्रो टुरिजम सहकारीले कोसेली घर बनाउने

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । पोखराको एग्रो टुरिजम सहकारी संस्थाले कोसेली घर तथा नमुना सहकारी ग्राम खोल्ने भएको छ । ग्रामीण भेगका कृषिजन्य…
  • २७ वर्षीय युवाको लोभलाग्दो नर्सरी

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    वालिङ । गल्याङ २, रैबारका एक युवाले विभिन्न प्रजातिका बेर्ना/बिरुवा बिक्री गरेर १० लाख बढी आम्दानी गरेका छन् । २७…
  • रैथाने बजारले उत्पादनमा प्रोत्साहन

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । पर्यटनको रानधानी पोखराका रैथाने बजार सञ्चालनमा आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले शनिबारदेखि…
  • गड्यौंला पालेरै एउटै ब्याडबाट ३० हजार आम्दानी

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०८१
    नवलपुर । नवलपुरको गैँडाकोटमा एउटा किसानले गड्यौला खेती गरेर एउटै ब्याडबाट दुई महिनामा ३० हजार रुपैयाँ आम्दानी गर्दैै आएका छन्…
  • पोखरामा तोकियो अनुदानको मलको मूल्य

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०८१
    पोखरा, १८ साउन । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको…

hero news full width

Recent Posts

भर्खरै