पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज) कलेज स्थापना गरिएको हो ।
कलेजले सुदूरपश्चिम विश्वविद्यालयबाट हालै सम्बन्धन लिएर एमबिए, बिबिए र बिएस्सी सिएसआइटी विषय पढाउने भएको छ । कलेजमा बिएस्सी व्यवस्थापनतर्फ ४ वर्षे (८ सेमेस्टर), बिएस्सी सिएसआइटी (कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी) तर्फ ४ वर्षे (८ सेमेस्टर) तथा एमबिएअन्तर्गत २ वर्षे (४ सेमेष्टर) मा अध्ययन हुने कलेज प्रमुख विजय आनन्द शर्माले बताए ।
आफूहरुले ज्याक मेजीरोको फिलोसफी (दर्शन) अन्तर्गत विद्यार्थीमा आधारभूत रुपान्तरित शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कलेज स्थापना गरेको कलेज प्रमुख शर्माले बताए । उक्त दर्शन अवलम्बनले गर्दा विद्यार्थीको व्यक्तित्वमै परिवर्तन आउने उनको विश्वास छ । कलेजका अध्यक्ष कमलराज सापकोटा छन् ।
कलेजमार्फत विद्यार्थीको व्यवहारमा परिवर्तन आउने, सिकाइका लागि विद्यार्थीलाई बढी जिम्मेवार बनाइने, व्यावहारिक तरिकाले बेलाबेलामा समूह कार्य गराइने, खुशी वातावरणमा जोस् जाँगरले आगमन विधिमार्फत पठनपाठन हुने कलेजले जनाएको छ ।
साथै भविष्यमा के बन्ने, कसरी बन्ने, किन बन्ने, कसरी उद्यमी हुने, उद्यमी बन्दा व्यक्ति, समाज र राष्ट्रलाई समग्रमा के फाइदा हुन्छ, असल नागरिकका दायित्वहरु के–के हुन् लगायतबारे पनि पठनपाठन सकिएपछि नियमित सहजीकरण व्यवस्था गरिएको छ ।
उच्च शिक्षाका लागि गेन्स कलेज पोखराकै महत्वपूर्ण थलो बन्ने प्रमुख शर्माको दाबी छ । ‘हामी नयाँ छौं, अनुभवी टिम पनि छ, नेपाल सरकारको स्वामित्वमा रहेको विश्वविद्यालयबाट सम्बन्धन लिएकाले शिक्षण शुल्क पनि तुलनात्मक सर्वसुलभ छ,’ प्रमुख शर्माले भने ।
कलेजले बिबिए अध्ययनका लागि ३ लाख ९७ हजार, बिएस्सी सिएसआइटीका लागि ५ लाख ५३ हजार तथा एमबिएका लागि ३ लाख ५० हजार एकमुष्ट शुल्क तोकेको छ ।
Related News
सम्बन्धित समाचार
नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति
सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?
शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
शिवशक्तिमा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१