वालिङ । गल्याङ २, रैबारका एक युवाले विभिन्न प्रजातिका बेर्ना/बिरुवा बिक्री गरेर १० लाख बढी आम्दानी गरेका छन् । २७ वर्षीय प्रदीप पाण्डेले गत आर्थिक वर्ष २०८०/०८१ मा बेर्ना बिक्रीबाट उक्त रकम आम्दानी गरेका हुन् ।
२२ वर्षको कलिलै उमेरदेखि नर्सरी व्यवसाय थालेका उनले समयअनुसारका फलफूल, घाँसका बेर्नालगायतका विभिन्न प्रजातिका थुप्रै बिरुवाहरु उत्पादन तथा बिक्री गरी आम्दानी गर्दै आएको बताए । २०७५ सालमा ‘जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्र’ नामक नर्सरी दर्ता गरी व्यवसाय थालेका छन् । सुरुका दिनमा २ रोपनी क्षेत्रफलमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गरे । पाण्डेले हाल ५ रोपनी क्षेत्रफलमा बिरुवा उत्पादन गर्दै आएका छन् । कारोबार भएकोमध्ये खर्च कटाएर १० लाख बढी आम्दानी भएको पाण्डेले बताए ।
‘सुरुका वर्षहरुमा नर्सरी स्थापना भए पनि प्रभावकारी ढंगले सञ्चालन भएन,’ उनले भने, ‘सुरुका वर्षहरु अनुभव लिने, पूर्वाधार निर्माण गर्ने, बजारीकरणको सम्भावनाबारे बुझ्दै बित्यो, पछिल्ला २÷३ वर्षदेखि उत्पादन भएका बिरुवाहरु राम्रो बिक्री भएको छ ।’
सुरुका दिनमा बजारीकरणको समस्या भए पनि पछिल्लो समयमा यहाँ उत्पादन भएका बिरुवा देशका पूर्वदेखि पश्चिमसम्मका ठाउँहरुमा बिक्री हुने गरेको छ ।
पाण्डेले सञ्चालनमा ल्याएको नर्सरीमा ६ वटा ‘हाईटेक टनेल’ छन् । उनले तिनै टनेलहरुभित्र फलफूलअन्तर्गत कागती, सुन्तलाका बिरुवा उत्पादन गर्दै आएका छन् । त्यस्तैगरी, घाँसअन्तर्गत राइखनियो, डालेघाँसहरु, मोरिङ्गा, तेजपत्तालगायत अन्य धेरै प्रजातिका बिरुवाहरु उत्पादन गर्दै आएका छन् ।
हाल सञ्चालन गर्दै आएको नर्सरीलाई अझै विस्तार गरी नर्सरीबाटै वार्षिक २ लाख वटा विभिन्न प्रजातिका बिरुवा÷बेर्ना बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।
उनले कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र पोखरा र कृषि ज्ञान केन्द्र, स्याङ्जाबाट बिरुवा उत्पादनसम्बन्धी तालिम लिएका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाबाट अनुदान तथा प्राविधिक ज्ञान पाएको उनले बताए ।
मौसमअनुसार नर्सरीमा काम गर्नका लागि ज्यालादारीमा कामदार लगाउँदै आएको छ ।
जिल्लाभित्रका केही पालिका तथा संघ संस्थाहरुले यहाँ उत्पादन भएका बिरुवा/बेर्नाहरु लैजाने गरेका छन् । यहाँ उत्पादन भएका बिरुवा/बेर्ना जिल्लाभित्रभन्दा बाहिरी जिल्लाहरुबाट माग धेरै हुने गरेको उनले बताए । ‘५ वर्षअघि नगरपालिकाले ५० मा गाउँगाउँमा कागतीका बिरुवा वितरण गरेको थियो,’ उनले भने, ‘बिरुवा/बेर्ना उत्पादन गर्न सके त राम्रो कमाइ हुने रैछ भन्ने लागेर नर्सरीलाई नै व्यावसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेको थिएँ ।’
काम गर्दै जाँदा नजानेका र जिज्ञासा लागेका विषय युट्यूबमा हेर्ने, कृषि प्राविधिकसँग सल्लाह, सुझाव लिने गरेको उनले बताए ।
‘भर्खरको युवा हुँ, विदेश जाने सोच ममा पलाएन,’ उनले भने, ‘केही काम गर्न सके स्वदेशमै आफ्नो परिवारसँग बस्न पाइन्छ, आम्दानी पनि राम्रै गर्न सकिने रैछ ।’
Related News
सम्बन्धित समाचार
एग्रो टुरिजम सहकारीले कोसेली घर बनाउने
कृषि हाट बजारले किसान र उपभोक्ता उत्साहित
रैथाने बजारले उत्पादनमा प्रोत्साहन
गड्यौंला पालेरै एउटै ब्याडबाट ३० हजार आम्दानी
पोखरामा तोकियो अनुदानको मलको मूल्य
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१