नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक बिस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
गैँडाकोट २, पुलचोक नजिक इलाका प्रहरी कार्यालय, गैँडाकोट अगाडि स्थानीयले करिब १ घण्टा चक्काजाम गरेका हुन् । उनीहरुले चाडपर्व नजिकिँदासमेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै टायर बालेर समेत बिरोध गर्दै सडक अवरुद्ध गरेका हुन् । छिटो काम गर्न दबाब दिन सडक अवरुद्ध गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले बिहान ११ देखि १ घण्टा चक्काजाम गरेका हुन् ।
होटल व्यवसायी कमल गौतमले सडकमा हिंड्नेमात्रै नभई पसल बस्नेहरुलाई पनि असर गरिरहेकोले बाध्यताले चक्काजाम गर्नुपरेको बताए । लामो समयसम्म पनि व्यवसायीको अगाडि ठूला–ठूला खाल्डो खनेर अलपत्र पारेको उनको भनाइ थियो ।
गैँडाकोट २, का वडाध्यक्ष प्रकाश सापकोटाले निर्माण पक्षलाई पटक–पटक आग्रह गर्दा पनि अटेर गरेका कारण सडकमा उत्रनुपरेको बताए । प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने आश्वासन दिएपछि अवरुद्ध सडक स्थानीयले खोलेका थिए ।
सामान्य पानी पर्दा पनि यहाँ अन्य क्षेत्रको पानी समेत बगेर आउने भएकोले हिलाम्य हुने गरेको छ भने घाम लाग्दा धुलाम्य हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
दशैँमा पिङको मज्जा
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१