पोखरा । अघिल्लो वर्ष कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका ट्रेकिङ रुटमा आउने पर्यटकसँग छुट्टै शुल्क लिने निर्णय ग¥यो । मर्दी र खुमै क्षेत्रमा घुम्न गएका विदेशी पर्यटकसँग ५ सय र नेपालीसँग १ सय लिँदै आएको छ । गएको वर्षमात्रै १५ लाखभन्दा बढी आम्दानी भएको पालिका उपाध्यक्ष तथा राजस्व परामर्श समिति संयोजक सीता अधिकारीले बताइन् । ‘विरोधका बीच केही रकम उठाएका छौं । उठेको रकम पर्यटकीय क्षेत्रमै लगानी गरिएको छ,’ उनले भनिन्, ‘विरोध हुँदै गर्छ । हामीले हाम्रो कर्म गर्न छोड्ने कुरा पनि भएन ।’ माछापुच्छ«ेले शुल्क लिने निर्णय गरेपछि दोहोरो कर लिइएको भन्दै चौतर्फी आलोचना र विरोध गरिएको थियो । तर पालिका पछि हटेन । बरु शुल्क घटाएर २ सय विदेशीलाई र १ सय नेपालीसँग लिने निर्णय गरिएको छ ।
अहिले गोरखाको चुमनुब्री गाउँपालिकाले यस्तै शुल्क लिने निर्णय गरेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाको प्रवेश विन्दु जगतमा काउन्टर राखेर आफ्नै कर्मचारी खटाएर शुल्क उठाउने निर्णय पालिकाले बिहीबारको सर्वपक्षीय बैठकबाट गरेको छ । विदेशी पर्यटकसँग १ हजार र नेपालीसँग २ सयका दरले शुल्क उठाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । ‘सर्वपक्षीय निर्णय गराएर शुल्क लिन लागेका हौं । यो पालिकाको सिंगल निर्णय होइन । सरोकारवाला सबैको सहमति छ,’ उनले भने, ‘असोज १ गते अगावै कार्यान्वयन सुरु हुन्छ । शुल्क लिन थाल्छौं ।’ संरक्षण क्षेत्रभित्र रहेका पालिकाहरुले आन्तरिक आम्दानी गर्न सकेका छैनन् । सबै स्रोत संरक्षण क्षेत्रले उठाउने र उसैले खर्च गर्ने भएपछि पालिकाहरु रुष्ट बनेका हुन् ।
पालिकाहरूले आन्तरिक स्रोत उठाउन नपाएको भन्दै संरक्षण क्षेत्र खारेजीको माग उठाउँदै आएका छन् । कि रोयल्टी पालिकामा हस्तान्तरण गर्नुपर्ने, नभए संरक्षण क्षेत्रको जिम्मेवारी पालिकामा पठाउनुपर्ने उनीहरूको माग छ । प्रदेश, पालिका र स्थानीयको समेत विरोध हुँदाहुँदै गत वर्ष ५ वर्षका लागि दुवै संरक्षण क्षेत्रको म्याद थपिएको छ । गण्डकीका १६ वटा गाउँपालिका संरक्षण क्षेत्रभित्र पर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र ५ जिल्लाका १५ पालिका र मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र गोरखाको चुमनुब्री गाउँपालिका छ । चुमनुब्रीले चालू वर्षको आर्थिक ऐनमै व्यवस्था गरेर शुल्क उठाउन लागेको हो । शुल्क उठाउनेबारेको जानकारी पर्यटन विभागलाई पठाएको छ । विभागले कुनै जानकारी पठाएको छैन ।
पालिकासँग आन्तरिक आम्दानीको स्रोत नभएपछि पर्यटकसँग शुल्क उठाउन लागिएको उपाध्यक्ष लक्ष्मी गुरुङ बताउँछिन् । ‘सानो काम गर्न प¥यो भने पनि रकम छैन । राजस्व उठाउने स्रोत एमक्यापले कब्जा गरेको छ,’ उनले भनिन्, ‘यो वर्षदेखि आफैं आम्दानी गर्ने गरी तयारी थालिएको हो । हामी पालिकाको क्षेत्राधिकारभित्र रहेर शुल्क उठाउँछौं ।’ गत वर्ष मनास्लु क्षेत्रमा ९ हजार ७ सय भन्दा बढी विदेशी पर्यटक पुगेका थिए । यो वर्ष ८ हजार हाराहारी पर्यटक पुगे पनि ८० लाख आम्दानी हुने उनले बताइन् । मनास्लु क्षेत्रमा संरक्षण क्षेत्रले पनि विदेशीसँग ३ हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । पर्यटन विभागले थप शुल्क लिन्छ । चुमनुब्री निषेधित क्षेत्र भएकोले महँगो रकम तिरेर मात्रै विदेशी घुम्न पाउँछन् ।
चुमनुब्री गाउँपालिकाले विदेशी पर्यटकसँग १ हजार र नेपालीसँग २ सय लिने निर्णय गरेको हो
चुमनुब्रीको १, २, ३ र ४ नम्बर वडामा सेप्टेम्बरदेखि नोभेम्बरसम्म एक हप्ताको १ सय अमेरिकी डलर र त्यसपछि समय थप्दा प्रतिदिन १५ अमेरिकी डलर तिर्नुपर्छ । डिसेम्बरदेखि अगस्टसम्म भने एक हप्ताको ७५ अमेरिकी डलर र त्यसपछि प्रतिदिन १० डलर तिर्नुपर्छ । बाँकी वडाहरुमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म एक हप्ताको ४० डलर र थप प्रतिदिन ७ डलर तथा डिसेम्बरदेखि अगष्टको सिजनमा एक हप्ताको ३० डलर र समय थप्दा प्रतिदिन ७ डलर तिर्नुपर्ने नियम छ । विभिन्न क्षेत्रबाट शुल्क मात्रै लिने निर्णय गर्दा पर्यटकको भ्रमण बढी खर्चिलो हुने चिन्ता छ ।
एमक्यापका प्रमुख सन्तोष शेरचन शुल्क लिने पालिकाको निर्णयले पर्यटक मर्कामा पर्ने र पर्यटन क्षेत्र नै धराशायी हुन सक्ने बताउँछन् । ‘पर्यटन भनेको सुनको अण्डा दिने कुखुरा हो । छिटो आम्दानी हुन्छ भनेर कुखुरै काटेर खानु राम्रो होइन नि,’ उनले भने, ‘उहाँहरूलाई शुल्क उठाउने अधिकार त छ तर यसले पर्यटनमा पार्न सक्ने असरबारे वास्ता गर्नुभएको छैन । एमक्यापले चाहिँ पैसा नउठाउनुस् भनेर सुझाव दिएको छ ।’
पालिकाको निर्णयमा टानको विरोध
चुमनुब्री गाउँपालिकाले पर्यटकसँग छुट्टै शुल्क लिने निर्णय गरेपछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । प्रदेशका पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएर टानले तत्कालै निर्णय खारेजीको माग गरेको हो । पालिकाहरुले आफूखुसी पर्यटन शुल्क तोक्दै जाँदा पर्यटक अन्यत्र डाइभर्ट हुने खतरा रहेको टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘गण्डकीमा पदयात्रा राम्रोसँग चल्ने १३ वटा पालिकाहरु छन्,’ उनले भने, ‘एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिन थाल्ने हो भने पर्यटक किन आउँछन् ? बरु अन्यत्रै जान्छन् नि ।’ टान पूर्व अध्यक्ष धर्मराज पन्थीले पर्यटनको सिजन सुरु हुनलाग्दा यस्ता समाचारले असर पर्ने भन्दै सचेत रहन ध्यानाकर्षण गराएका छन् ।
‘अब पर्यटनको सिजन सुरु भयो । पालिकाहरुले मनलाग्दी शुल्क लिन थाल्ने हो भने यता पर्यटक आउँदैनन्,’ उनी भन्छन्, ‘निर्णय नसच्याए गण्डकीकै पर्यटनमा दीर्घकालीन असर पर्न सक्छ ।’ टानले पालिकाले उठाउन लागेको पर्यटन शुल्क खारेजी, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न र प्रबद्र्धनमा जोड दिन आग्रह गरेको छ । टानको ज्ञापनपत्र बुझ्दै गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पालिकाको निर्णय सच्याउन आग्रह गर्ने प्रतिबद्धता जनाए । ‘के भएको हो बुझेर शुल्क नलिन भन्छौं । कोभिडले पर्यटन थला परेको सबैलाई जाहेर छ । यो बेला सबै मिलेर पर्यटन क्षेत्र उकास्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकार तपाईंहरुको साथमा छ । अहिले शुल्क लिने बेला होइन । मेरो ध्यानाकर्षण भयो ।’
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१