पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको बताएका छन् ।
१११ औं बिपी जयन्ती अवसरमा पोखरा–२९ मा आयोजित पार्टी सदस्यता क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रममा नेता बरालले बिपीले परिकल्पना गरेको समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए । मुलुकमा व्याप्त निराशा चिर्न ठूला दल कांग्रेस र एमालेले सहकार्य गरेको उनले स्पष्ट पारे ।
अब गुनासोका पहाड फोडेर मुलुकमै सम्भावनाको ढोका खोल्न नेतृत्वलाई उनले आग्रह गरे । बिपी जयन्ती देशभर मनाउँदै गर्दा अनुशासन र पार्टीभित्र त्याग समर्पणको उच्च मूल्यांकन र सम्मान भएमात्रै कांग्रेस बलियो हुने उनको तर्क थियो ।
नेपाली कांग्रेस कास्की १ क्षेत्रीय सचिव एवं प्रतिनिधि संयोजक सरोज केसीले बिपी राजनीति र साहित्यको अजर अमर व्यक्तित्व भएको चर्चा गरे । उनले बिपी कांग्रेसको मात्रै नभई मुलुककै भाग्यरेखा बदल्ने एक महामानव रहेको स्पष्ट पारे । उनले निरंकुश जहाँनीय राणा शासन फालेर राजा र प्रजा मिलाउने बिपी पुनः राजाबाट लखेटिँदासमेत विचलित नभई राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको प्रसंग सुनाए । कांग्रेसभित्र त्याग र योगदानको कदर गरेर नेतृत्वले युवा पुस्ता र अग्रज पुस्तालाई माया र अवसर प्रदान गर्दा मात्रै आगामी संगठन बलियो हुने केसीकाे तर्क थियो ।
कांग्रेस पोखरा–२९ का सभापति दीपकमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सोमलाल सुवेदी, विन्दुकुमारी भण्डारी, सुरेन्द्रप्रसाद शर्मा, चिनु गुरुङलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव पदम गुरुङ र सहजीकरण सचिव निशान्त ढकालले गरेका थिए ।
कांग्रेस कास्कीको निर्णयअनुसार जिल्लाका ५ पालिकाका ७२ वटै इकाइ समितिमा प्रशिक्षण सहित क्रियाशील सदस्यता वितरण गरिएको हो । कास्की कांग्रेसका नेता, पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा विभिन्न तहका नेतालाई ७२ वटै इकाइमा खटाइएको थियो ।
जिल्ला सभापति स्वयम् पोखरा २६ मा गएर प्रशिक्षणसहित सदस्यताको प्रमाणपत्र वितरण गरेको पार्टीका जिल्ला प्रवक्ता युवक लामिछानेले बताए । ९७ वर्षीय प्रजातन्त्रका सेनानी लीलाभक्त आचार्यले समेत क्रियाशील सदस्यताको प्रमाणपत्र लिएको पोखरा १७ का सभापति देवराज आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१