पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयको शैक्षिक अवस्थाप्रति सन्तोष व्यक्त गर्दै थप सुधारका लागि आवश्यक पहल गरिने बताए । ग्रामीण क्षेत्रमा रहेका अधिकांश विद्यालयको प्रमुख समस्याका रूपमा विद्यार्थीको न्यून संख्या रहेको उल्लेख गर्दै उनले विद्यालयलाई सुविधासम्पन्न र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सके विद्यार्थीको पलायन रोक्न सकिने बताए ।
‘महानगरपालिकाले बर्सेनि ठूलो रकम शिक्षा क्षेत्रमा खर्च गर्दै आइरहेको छ, तर पनि ग्रामीण क्षेत्रका हाम्रा विद्यालयहरू खाली भइरहेका छन्,’ आचार्यले भने, ‘यसले हाम्रा सामुदायिक विद्यालयहरूमा समस्या छ भन्ने कुरा इंगित गर्दछ, यसको समाधानका लागि हाम्रा विद्यालयलाई सबै हिसाबले सुविधायुक्त बनाउँदै गुणस्तर वृद्धि गर्नुको विकल्प छैन ।’ उनले महानगरपालिकामातहतका शैक्षिक संस्थाहरूलाई यस तर्फ ध्यान केन्द्रित गर्न शिक्षा अधिकारीमार्फत निर्देशन दिए ।
पूर्व राज्यमन्त्रीसमेत रहेका स्थानीय महादेव गुरुङले ग्रामीण क्षेत्रमा शिक्षाको अवस्था नाजुक रहेको भन्दै त्यसको सुधारका लागि तत्काल आवश्यक कदम चाल्न सुझाव दिए । गाउँ गाउँमा रहेका विद्यालयहरू खाली हुँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले आवश्यक पूर्वाधार, जनशक्ति र प्रविधिको उचित प्रबन्ध गरिदिन अनुरोध गरे ।
हर्पनकोट माविका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले गाउँका वस्ती खाली हुँदै जाँदा विद्यालयका अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुँदै गएको बताए । कार्यक्रममा वडा २३ का वडाध्यक्ष रामकाजी गुरुङ, पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगी र पोखरा २२ का अध्यक्ष हिमलाल बराल लगायतको उपस्थिति थियो ।
२०३८ सालमा स्थापित विद्यालयका बालशिक्षादेखि कक्षा १० सम्म करिब ६० जना विद्यार्थी पढ्छन् । उनीहरू अधिकांश गरिब तथा विपन्न परिवारका बालबालिकाहरू रहेका विद्यालयले जनाएको छ । हाल विद्यालयमा मावि ४, निमावि ३ र प्रावि ४ गरी ११ जनाको दरबन्दी रहेको छ भने एक जना लेखापाल निजी स्रोतबाट राखिएको छ ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१