पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।
महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजनले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाका लागि सरोकारवालाको कार्यशाला’ विषयक गोष्ठीमा उनले यस्तो बताए ।
‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रानले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रबाट बगेर आउने गेग्रान तालमा थुप्रिएका छन्,’ आचार्यले भने, ‘यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणाम हुन्, यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाबीच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय जोखिमको सामना गर्नुपर्ने हुन्छ ।’ फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्वपूर्ण हुने भन्दै उनले चनाखो बन्न सबै पक्षलाई आह्वानसमेत गरे ।
फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्नुपर्ने उनले बताए । ‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका वासिन्दालाई विभिन्न किसिमका अंकूश लगाउने अनि त्यसको फाइदा सधैँभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन,’ उनले भने, ‘अब यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ ।’
फेवातालमा बर्सेनि बगेर आउने ठूलो मात्राको गेग्रान रोक्न तालको माथिल्लो क्षेत्रमा मडड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उनले बताए । यसअघि फेवातालमा मिसिने विभिन्न खोलामा निर्माण गरिएका सिल्टेसन तथा चेकड्यामले समेत तालमा आउने गेग्रान रोक्न मद्दत गरेको उनले बताए ।
फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्य विषयमा अध्ययन टोलीका नेता केशव खनाल, फेवातालमा पारिस्थितिकीय सेवा शुल्क भुक्तानीका क्षेत्रमा यसअघि भएका प्रयासबारे दिलबहादुर भट्टराईले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा रुपातालमा तयार पारिएको पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्रबारे समेत प्रस्तुत गरिएको थियो । सहभागीले फेवातालको संरक्षणका लागि प्रभावकारी पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनामा जोड दिए । सरोकारवाला पक्षले यसप्रकार संयन्त्रको स्थापना भए पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने बताएका छन् । पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिने उनीहरूको तर्क छ ।
वातावरण जोखिम विश्लेषण बिना निर्माण गरिएका ग्रामीण सडक, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भीलगायत मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभावलगायत कारण फेवाताल पुरिँदै गएको विभिन्न अध्ययनले देखाएका छन् ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१