मन्त्री थापाको १०० दिन

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०८१
Bindu kumar thapa 100 Days Photo

पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कांग्रेस नेता विन्दुकुमार थापाले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ । गत १६ जेठमा सामाजिक विकास तथा स्वास्थ्य सम्हालेकोमा एमाले सरकारमा आउने भएसँगै उक्त मन्त्रालय फुटाइयो । हाल उनले सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रीको जिम्मेवारी लिएका छन् ।

समग्रमा सामाजिक विकास मन्त्रालय सम्हालेको १०० दिन पुग्यो भने स्वास्थ्य मन्त्रालय ९६ दिनसम्म मात्र हेर्ने अवसर पाए । यसैबीच, आइतबार उनले पत्रकार सम्मेलन गरी आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । उनले बाँडेको उपलब्धि पुस्तिकामा सामाजिक र स्वास्थ्यमा उल्लेख्य सुधार भएको दाबी छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा संचालनअन्तर्गत प्रदेशका २५ वटा विद्यालयहरुमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम संचालन गरी विद्यार्थीलाई दक्ष बनाउने बाटोमा प्रदेश सरकार लागेको उनले उल्लेख गरे । ‘फ्राइडे फर फ्युचर’ कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले बताए ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई पेशागत तालिम उपलब्ध गराइएको उनले उल्लेख गरे । मन्त्री थापाले लोपोन्मुख अवस्थामा रहेका संस्कृति संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई क्रियाशील बनाई महत्वपूर्ण काम गरिरहेको बताए । मनकामना क्षेत्रको संचालन, संरक्षण, विकास एवं प्रवद्र्धनका लागि मनकामना क्षेत्र विकास समिति गठन आदेश तयार गरिएको जानकारी उनले गराए । श्रम तथा रोजगारतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन काम भएको उनले बताए । व्यवसाय गर्न चाहेका व्यक्तिहरुलाई नयाँ सिपमूलक क्षेत्रको पहिचान गरि स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको बताए ।

सामाजिक र स्वास्थ्यमा उल्लेख्य सुधार भएको मन्त्री बिन्दुकुमार थापाको दाबी

‘गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएका छन् । खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढिएको छ,’ उनले भने । सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशील बनाउन काम गरिएको उनले बताए । खेलकुदका विभिन्न संघसंस्थासँग समन्वय गर्दै आवश्यक कार्यक्रमलाई अगाडि बढाउने काम भएको मन्त्री थापाको भनाइ छ ।

द्वन्द्वपीडित बेपत्ता, घाइते, अपांग, सहिद परिवार र विपन्न महिलाहरुको उद्यम, व्यवसाय तथा रोजगारी प्रवद्र्धनमूलक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको उनले बताए । न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवम् पुनस्थापना कार्यक्रम मन्त्रालयले संचालन गरेको छ ।

क्यान्सर उपचार सहायता कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी सरकारले बिरामीलाई १ लाख रुपैयाँ बराबरको उपचार गराउने गरि विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको बताए । बेनी, पर्वत, लमजुङ, स्याङ्जा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवा विस्तार गरिएको जनाए ।

गर्भवतीलाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान संचालनमा ल्याइएको उनले उल्लेख गरे । क्षयरोगजस्ता सर्ने रोग एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम संचालनमा गरिएको मन्त्री थापाले बताए ।

Related News

सम्बन्धित समाचार

  • मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता असाेज २३, २०८१
    पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे…
  • संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताबारे सत्तासीन दलको नेतृत्व प्रस्ट हुनुपर्ने बताएका छन् । मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवन…
  • सार्वजनिक बसमा प्रहरीको निगरानी

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    नवलपुर । यात्रुको सुरक्षा मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका…
  • गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने

    प्रकाश ढकाल असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय सवारी, कास्कीबाट गएको आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी…
  • ४० ज्येष्ठ नागरिकलाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    स्याङ्जा । ‘सम्मानित बुढ्यौली विश्वव्यापीरुपमा स्याहार तथा सहयोग पद्दतिको सवलीकरण’ मूलनाराका साथ मंगलबार ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको…

hero news full width

Recent Posts

भर्खरै