पोखरा । पोखरा–२५, हेमजास्थित महिला सञ्जाल आयोजना तथा विष्णुपादुका क्लब सहआयोजनामा शुक्रबार भएको खुला तीजगीत प्रतियोगितामा कमलजौसी आमा समूह प्रथम भएको छ ।
प्रतियोगितामा देउराली आमा समूह द्वितीय र शान्ति आमा समूह तृतीय भए । राधाकृष्ण आमा समूह तथा जनकल्याण आमा समूह सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजारसाथमा प्रमाणपत्र पुरस्कार पाए।
प्रतियोगिताअन्तर्गत नृत्यतर्फ प्रगतिशील आमा समूह प्रथम, स्वरतर्फ इन्द्रेणी आमा समूह पहिलो साथै उत्कृष्ट भेषभूषातर्फको पुरस्कार दहरे देउराली आमा समूहले हात पारेको छ ।
त्यस्तै, दर्शकदीर्घबाट नृत्यतर्फ तारा ढुंगाना र मैयाँ तिमिल्सीनाले साडी, कल्पना भण्डारीले चप्पल, राधा बास्तोलाले झोला तथा विष्णु ढकाल र कमला भट्टराईले नगद पुरस्कार प्राप्त गर्न सफल भएको निर्णायक संयोजक गायक परशुराम अधिकारीले जानकारी दिए । प्रतियोगितामा गायक अधिकारीसँगै ज्ञानसरा जुग्जाली र लक्ष्मी सुवेदीले निर्णयक थिए ।
मेला उद्घाटन गर्दै पोखरा २५ की कावा वडाध्यक्ष समेत रहेकी पोखरा महानगरकार्यपालिका सदस्य धना पोख्रेल तिमिल्सिनाले कला संस्कृतिलाई बचाउन मेलाको भूमिका रहने औँल्याउँदै संस्कार संस्कृतिलाई जीवन्त राख्नुपर्ने बताइन् ।
‘उपमेयरसँग महिला कार्यक्रम’ मार्फत वडाका महिलादिदीबहिनीका समस्या समाधान गर्न आफूले प्रयास गर्ने जनाउँदै उनले विष्णुपादुका क्लवको भवन निर्माणमा वडाले समन्वय गर्ने विश्वास दिलाइन् । उनले वडाको सहयोगमा दुई संस्था (सञ्जाल र क्लब) मिली कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरिन् ।
विष्णुपादुका क्लब सचिव वसन्तकुमार श्रेष्ठले क्लब जीर्ण भवनबाट संचालन गर्नुपरेकोमा दुखेसो प्रकट गरे । उनले वडाले नयाँ भवन निर्माणका लागि सहजीकरण गर्नुपर्ने बताए । क्लबले सञ्जालका गतिविधिमा सबैखाले सहयोग गर्न तयारी रहेको प्रतिबद्धता पनि उनले गरे ।
सञ्जाल अध्यक्ष अप्सरा तिमिल्सिनाले वडा, विष्णुपादुका क्लब, विभिन्न सहयोगी संघसंस्था एवं व्यक्तिको सहयोगमा मेला आयोजना गरिएको जनाउँदै सबैलाई धन्यवाद दिइन् ।
प्रथम पुरस्कार प्रायोजक भोजकुमारी त्रिपाठीले महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै यसका लागि स्वरोजगारको बाटो खोेज्नुपर्ने स्पष्ट पारिन् । मानव सेवा आश्रमका प्रतिनिधि मदन थापाले सहयोग आफैँमा महत्वपूर्ण हुने धारणा राख्दै दीनदुःखीको सेवा गर्दा वास्तविक धर्म मिल्ने जनाए ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, नेकपा एमालेका वडाध्यक्ष ऋषिराम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी वडा सभापति भरतराज अधिकारी लगायतले पनि तीजको महत्वबारे प्रकाश पारे । कार्यक्रमबीच १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव झाँकी ¥यालीका सहभागी आमा समूह, बाल समुह, भजन समूह एवम् सामाजिक संघसंस्थालाई विष्णुपादुका क्लबले खैजरी, मुजुरा लगायतका सामग्री प्रदान ग¥यो ।
महिला सञ्जाल अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गंगा त्रिपाठीले स्वागत गीत, सञ्जाल सहसचिव शान्ता केसीले स्वागत मन्तव्य तथा भगवती बजगाई अधिकारी र सञ्जाल सचिव उमा भूर्तेल पौडेलले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१