पोखरा । नेपालमै पहिलोपल्ट यस वर्षको अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड हुने भएको छ । आगामी १७–२४ असोज (३–१० अक्टोबर) सम्म काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय ओलम्प्याड (एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स) हुन लागेको नेपाल अष्ट्रोनोमिकल सोसाइटी (नासो) का गण्डकी प्रदेश संयोजक राजकुमार ढकालले जानकारी दिए ।
प्रत्येक वर्ष सिनियर (कक्षा १२–१२) र जुनियर तह (कक्षा १० सम्म) का विद्यार्थीहरुका लागि हुने अन्तर्राष्ट्रिय ओलम्प्याडमा विद्यार्थी सहभागी गराउने जिम्मा नेपालका लागि नासोले पाएको छ ।
नासोले सोको लागि प्रत्येक वर्ष मुलुकभरिका विद्यार्थीमाझ विभिन्न चरणमा प्रतिस्पर्धा गराई राष्ट्रिय टिम छनोट गर्ने गर्छ । यस वर्ष सिनियर (कक्षा ११–१२) का विद्यार्थीको अन्तर्राष्ट्रिय ओलम्प्याड भर्खरमात्र ब्राजिलमा सम्पन्न भयो । जसमा यहाँबाट एकमात्र विद्यार्थी गण्डकी बोर्डिङ स्कुल, पोखराकी श्रीषा कोइराला पनि सहभागी थिइन् । अघिल्लो वर्ष गण्डकी बोर्डिङकै सुदीप रोकायाले अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याडमा भाग लिएका थिए ।
जुनियर तह (कक्षा १० सम्म) का विद्यार्थीको अन्तर्राष्ट्रिय ओलम्प्याड भने नेपालमै पहिलो पल्ट काठमाडौंमा हुने भएकाले आफूहरु उत्साहित भएको प्रदेश संयोजक ढकालले बताए । उक्त ओलम्प्याडमा विभिन्न २५ देशका विद्यार्थी, शिक्षक र मेन्टर गरी करिब २ सय जनाले भाग लिने छन् । राष्ट्रिय टिमका लागि भएको ११ औं राष्ट्रिय ओलम्प्याडबाट ६ जना विद्यार्थीको छनोट भइसकेको छ ।
यस क्षेत्रमा गण्डकी बोर्डिङका विरवी कँडेल र मदरल्याण्ड मावि, पोखराका शास्वत रेग्मीले नेपाली टोलीको प्रतिनिधित्व गर्नेसमेत नासो गण्डकी संयोजक ढकालले बताए । उनीहरु दुवै जना कक्षा १० अध्ययनरत् छन् ।
नेपाल अष्ट्रोनोमिकल सोसाइटी (नासो) ले नेशनल एस्ट्रोनोमी ओलम्प्याड तथा केमेस्ट्री र बायोलोजीतर्फको ओलम्प्याड इस्टानले आयोजना गर्दै आएका छन् । दुवैतर्फ गण्डकी प्रदेशको जिम्मेवारी उनै ढकालले पाएका छन् ।
यहाँबाट २०१४ देखि यो सहभागिता जनाउन थालिएको थियो । अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड पहिले सिनियरबीच मात्र हुने गरेकोमा तेस्रो संस्करणयता जुनियरतर्फको पनि हुन थालेको हो ।
नासो गण्डकी प्रदेश संयोजक राजकुमार ढकाल भन्छन्, ‘ओलम्प्डमा भाग लिनु भनेको विद्यार्थीको भाग्य चम्किनु हो । यसबाट विभिन्न क्याटागोरीमा विद्यार्थी पुरस्कृत हुने गर्दछन् भने भविष्यमा विदेशका विभिन्न विश्वविद्यालयले पनि छात्रवृत्तिका लागि अफर गर्ने गर्दछन् ।’
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१