पोखरा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले कास्की कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ मा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीका अनुसार उनीहरुलाई एमाले गण्डकी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य किरण गुरुङ, एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्यहरु चूडामणि जंगली, राजीव पहारी, भीम कार्की, कास्की इन्चार्ज कृष्ण थापा लगायतले अबिर लगाएर स्वागत गरेका हुन् ।
यसरी प्रवेश गर्नेमा एकीकृत समाजवादी गण्डकी प्रदेश सचिवालय सदस्य भरतबहादुर बस्नेत, शोभाखर दाहाल, कास्की जिल्ला कमिटी सदस्य तुलसी दाहाल, उमा थापा, भरत देवकोटा लगायत १ सय ५५ जना छन् ।
यसैबीच, एमालेले पार्टीको तर्फबाट हालै गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना मन्त्रीहरुलाई बधाई तथा स्वागत गरेको छ । उनीहरुमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री कृृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी छन् । समारोहमा स्वास्थ्य मन्त्री भने गृहजिल्ला भएकाले उपस्थित भएनन् ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१