पोखरा, २२ भदौ । लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबले उपाधि जितेको छ ।
शनिबार फाइनलमा अर्को विभागीय एपिएफ क्लबलाई ३–२ सेटमा हराउँदै उपाधिसहित १ लाख ५० हजार र शिल्ड जितेको हो । उपविजेताले १ लाख प्राप्त गरेको छ ।
अघिल्लो दिन एक एक सेट बराबरी खेल्दा लाइट प्रोटेस्टका कारण यी दुवै टिम शनिबार फेरि फाइनल भिडेका थिए । पहिलो सेट पुलिसले २५–१६ मा जित्दा दोस्रो सेट भने गुमाएको थियो । दोस्रो सेट एफिएफले २५–२१ ले जितेर बराबरीमा फर्किएको थियो ।
तेस्रो सेट भने पुलिसले फेरि आफ्नो पक्षमा पार्यो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पुलिसले २५–१९ मा जितेको हो । चौंथो सेट एपिएफले २५–२२ मा जितेर बराबरी खेल्यो । र, अन्तिम सेटमा भने पुलिसले एफिएपलाई १६–१४ मा रोक्दै उपाधिमाथि कब्जा जमाएको हो । पुलिस गत वर्षको उपविजेता हो ।
यसपालि ४ टिमले भाग लिएको प्रतियोगितामा ट्राभल इन्क्वाइरी गलकोट तेस्रो हुँदै ५० हजार पुरस्कार जितेको छ । साविक विजेता गण्डकी प्रदेश भने पुछारमा रह्यो ।
सर्वोत्कृष्ट खेलाडी पुलिसका सञ्जुविक्रम शाह घोषित भए । पुलिसकै बलराम गुरुङ उत्कृष्ट सेटर, भीम गाहा डिफेन्डर, सफल विक ब्लकर भए । उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल र स्पाइकर एपिएफका विजय थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुँवर घोषित भए । सबैले पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे ।
यसैबीच, महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ । शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको हो । डायमण्डले १ लाख प्राप्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१