पोखरा । पोखरा महानगरपालिका वडा १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।
घरमै वडाको सेवा पाउँदा नागरिकसमेत खुसी छन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट मुक्ति मिलेको छ । वडासचिव, वडा सदस्य लगायतका कर्मचारीहरु स्थानीयकै घरमा गएर सेवा दिएको बताइएको छ ।
वडाको गतिविधिले स्थानीयलाई सरकार घरमा नै आएको आभाष भएको र संघीयताको मर्मअनुसार सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको वडाध्यक्ष बरालको प्रतिक्रिया छ ।
‘हामी नागरिकको सेवामा तल्लिन छौं । नागरिकलाई कसरी हुन्छ, सरल र सहज रुपमा सेवा प्रवाह गर्ने सोच हाम्रो हो । आशा छ हामीले सुरु गरेको घुम्ती सेवा प्रभावकारी बन्नेछ,’ वडाध्यक्ष बरालले भने ।
वडाले घुम्ती सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत उनको छ । नमुना वडाको रुपमा रहेको वडा १३ ले सामाजिक, सांस्कृतिक, धार्मिक पक्षलाई पनि सुदृढ बनाउँदै लगेको छ ।
Related News
सम्बन्धित समाचार
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१