पोखरा । पोखरा १६, बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला शुक्रबार सम्पन्न भएको छ ।
चार दिनसम्म संचालित मेलाको अन्तिम दिन शुक्रबार समूहगत तीज गीत प्रस्तुति रहेको थियो । वडा १६ भित्रका २२ टोलीले तीज गीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचार प्रसार उपसमितिका संयोजक सञ्जय थापाले जानकारी दिए ।
कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संयोजक रामकुमारी बानियाँले सहभागी टिमलाई नगद जनही १० हजार र प्रमाणपत्र प्रदान गरे ।
प्रचार प्रसारमा सहयोग गरेका पत्रकार शिशिर पौडेल, विराज शर्मा, यदुनाथ बञ्जारा, सञ्जय थापा, सन्देश बराल, रामप्रसाद पौडेल, प्रकाश अधिकारी, नवराज थापा, प्रचार प्रसार उपसमिति सदस्य अनिल नेपालीलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संघसंस्थालाई पनि सम्मान गरिएको सहसंयोजक मन्जु बस्यालले जानकारी दिए ।
समापनमा बोल्दै प्रमुख अतिथि प्यासीले तीज पर्वले महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउने गरेको बताए । उनले यस्तो सांस्कृतिक पर्वलाई भड्किलो पर्व हुनबाट जोगाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
वडाध्यक्ष तिमिल्सिनाले वडाको संरक्षकत्वमा संचालित मेला सबैको समवन्यमा सफल रहेको बताउँदै आगामी वर्षका लागि योजनासहित अगाडि बढ्नुपर्ने बताए ।
मेला व्यवस्थापन मूल समिति संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आयोजक बडहरवोट आमा समूह अध्यक्ष कमला शर्मा तिमिल्सिना र संचालन मूल समिति सदस्य भीमबहादुर गायक र सुनिता देवकोटाले गरेका थिए ।
कार्यक्रममा लोकदोहोरी गायिका पूजा तामाङ, रीता तिमिल्सिनाले तीजेभाखामा महिलालाई नचाएका थिए । कलाकार एन्जिला थापाको नृत्यले दर्शकमा उत्साह थपेको थियो ।
Related News
सम्बन्धित समाचार
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१