पोखरा । दोलखाबाट आइ पोखरालाई कर्मथलो बनाएर बस्ने दोलखालीहरूको संस्था दोलखा–पोखरा मिलन समाजको २३ औं साधारण सभा भएको छ ।
संस्थाका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष नारायण कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।
संस्थाले दोलखा माइती वा घर हुने चेलीहरूलाई तीजको शुभकामना आदानप्रदान साथै चेलीबेटी भेटघाट राखेको हो ।
कार्यक्रममा ताओ दर्शन पोखराका प्रमुख आनन्द दाहाल, सल्लाहाकारद्वय मानबहादुर थापा र पेमा डोमा शेर्पाले हरितालिकाको शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा ९० वर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया खड्कालाई दोसल्लासहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष धनबहादुर खड्का (भरत) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव कमल बस्नेतले बताए ।
Related News
सम्बन्धित समाचार
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१