पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्लाका ७२ वटै वडाबाट पार्टीका क्रियाशील सदस्यलाई क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गर्ने भएपछि सबै वडामा तयारी सुरु भएको छ ।
पार्टीका सबै वडामा क्रियाशील सदस्यतामा प्रमाणपत्र पुगिसकेको छ भने यो कार्यक्रमका लागि पार्टीले प्रतिनिधि पनि खटाएको जनाइएको छ । २४ भदौमा बीपी जयन्तीसमेत परेकाले प्रशिक्षणसहित क्रियाशील सदस्यता वितरण हुँदैछ ।
प्रशिक्षण एवं क्रियाशील सदस्यता वितरणका लागि कांग्रेस पोखरा–२९ मा छलफल गरिएको छ । सो वडामा कांग्रेस कास्की क्षेत्र १ का सचिव सरोज केसीको नेतृत्वमा शिवराज अधिकारी, रेशम गुरुङ, सुभास भण्डारी, सनबहादुर गुरुङ कालु र राजीव भण्डारीलाई प्रतिनिधिका रुपमा खटाइएको छ । प्रतिनिधिले वडामा पुगेर कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा वडासभापति दीपकमणि भण्डारी, पदाधिकारी, सदस्य र केही अग्रज नेतासँग छलफल गरेको छ ।
संयोजक केसीका अनुसार २४ गते प्रशिक्षण, सम्मान, क्रियाशील सदस्यता कार्ड हस्तान्तरण, भातृसस्थालाई पूर्णतालगायत कार्यक्रम हुने भएकाले तयारीस्वरुप छलफल भएको हो । सो वडामा ३ सय ७१ जना कांग्रेसका क्रियाशील सदस्य छन् ।
सो छलफलमा सहभागी कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारीले कांग्रेस बिना मुलुकको विकास र परिवर्तन सम्भव नभएको भन्दै कांग्रेस सदस्यले सधैँ आफ्नोभन्दा पनि मुलुक र समाजको चिन्ता गर्नुपर्ने बताए ।
सो अवसरमा संयोजक केसीले नागरिकका नैसर्गिक अधिकार र नेपाली कांग्रेसको महत्वबारे प्रकाश पारे । उनले परिवर्तन हाम्रै पालामा सम्भव रहेको र सकारात्मक ऊर्जाशील मार्ग तय गर्दै अबको पुस्ता अघि बढ्नुपर्नेमा जोड दिए ।
अहिलेको परिवेशमा जताततै निराशा छाएको भन्दै नेता केसीले त्यस्ता निराशालाई चिरेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । उनले कांग्रेसका सदस्यले हरेक क्षेत्रमा अभिभावकको भूमिका खेल्नुपर्नेमा जोड दिए ।
पार्टीका वडा सभापति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव पदम गुरुङ, नेताहरु विजयराज भण्डारी, शिवराज अधिकारी, मोती गिरी, सुदेव गुरुङ, रसिसहरी भण्डारी, किरण भण्डारी, पदमप्रसाद अधिकारी, राजेन्द्रप्रसाद अधिकारी, छलीमाया गुरुङ, बिन्दु भण्डारी, सशांकमणि भण्डारी, ईश्वरबहादुर हमाल, श्रीधर आचार्य, विशाल श्रेष्ठ, जमुना पौडेल, राजीव भण्डारी, सनबहादुर गुरुङलगायतले आ–आफ्ना सुझाव राखेका थिए ।
Related News
सम्बन्धित समाचार
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
प्रधानन्यायाधीशमा राउत नियुक्त
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
नेपाली जनसम्पर्क समिति हङकङ सभापतिमा शैलेन्द्रसिंह
संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१