पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा ल्याएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै भनेको छ, ‘तीज पर्व केवल धार्मिक उपवास मात्र नभई, जीवनका विभिन्न रंगहरुमा रमाउने अवसर पनि हो । हामी तपाईहरूसँग यो खुशीयाली बाँड्न पाउँदा गर्व गर्छौं । यस तीजलाई झन् विशेष बनाउन, हामीले चिनीरहित सफल सादा दही (सुगर फ्रि) ल्याएका छौं, जसले तपाईको उत्सवमा थप स्वाद र ताजगी ल्याउनेछ ।’
साथै, तीजको अवसरमा सम्पूर्ण नेपाली महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै यो पर्वले नारीशक्तिको सम्मान गर्दै जीवनमा प्रेम, एकता र समर्पणको भावना उजागर गर्ने जनाइएको छ । ‘सफल दही तपाईंहरूको यस महान पर्वमा सहभागी हुँदै तपाईंहरूको अटूट इच्छाशक्ति, समर्पण र संस्कृतिको कदर गर्दछ,’ अगाडि भनिएको छ, ‘यस पवित्र पर्वमा सफल दही तपार्इंहरूको जीवनमा सदा सुखशान्ति, र समृद्धि रहोस् । तपाईंहरूको तीज उत्सव हर्षोल्लासपूर्ण, स्वस्थ, र आनन्ददायक रहोस् तथा जीवनमा सदैव प्रेम, खुशी र समर्पणको भावना प्रवल रहोस् ।’
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१