‘एक चिहान’ मञ्चन

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८१
natak

पोखरा । उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक पोखरा नाटकघरमा मञ्चनसहित अन्तक्र्रिया भएको छ ।

पोखरा आदर्श सेकेन्डरी स्कुलका कक्षा ११ र १२ का विद्यार्थी समावेश भएको उक्त कार्यक्रममा निर्देशक परिवर्तनले नाटकलाई कथावस्तु अनुकूल पात्र चयन गरी सकेसम्म पात्रगत चरित्रबाट न्याय दिन खोजिएको बताए । विद्यार्थीलाई यो नाटकमा कथावस्तुको सम्पूर्णता नभएकोले उपन्यास पढ्न समेत सुझाए ।

पोखरा आदर्श सेकेन्डरीका संचालक एवं सहप्राचार्य ज्ञानेश्वर सुवेदीले नाटकमा कलाकारको अभिनय पक्ष जीवन्त रहेको र आगामी दिनमा नाट्य विधातर्फ पोखरा थियटरको क्रियाशीलता अझै बढोस् भन्ने कामना गरे ।

रंगकर्मी एवं पोखरा आदर्श सेकेन्डरीका संचालक नारायण न्यौपानेले पठनपाठनका निम्ति पाठ्यपुस्तकमा समावेश गरिएको सैद्धान्तिक ज्ञानलाई अभिनयात्मक तवरबाट प्रस्तुत गरिएको सामग्री निकै रोचक र प्रभावकारी भएको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले समेत नाटक उत्कृष्ट रहेको धारणा व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…
  • दलित पत्रकार संघ कास्कीमा सुरेश

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको…
  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…

hero news full width