पोखरा । मानव मिलन नारी जागरण नेपाल पोखराको १० औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले मेनुका पोख्रेलको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा गीता लामिछाने, सचिव रुकमिणी खड्का, कोषाध्यक्ष शीला सिग्देल, सहसचिव लक्ष्मी पौडेल छन् । सदस्यमा विष्णु गैह्रे, उषा पौडेल, शोभा महत, प्रिया थापा, पूजा बस्नेत र सरिता पौडेल छन् ।
संस्थापक अध्यक्ष एवं सल्लाहकार सावित्री शर्मा संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समितिको कार्यकाल २ वर्षको हुनेछ ।
सो अवसरमा संस्थाले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेमा संस्थाका पूर्व अध्यक्ष सविता बराल, सदस्य विष्णुमाया गुरुङ, लेखा परीक्षक पदमबन्धु पोख्रेल रहेको निवर्तमान अध्यक्ष रमा ढकालले बताइन् ।
कार्यक्रमको उद्घाटन पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले गरेका थिए ।
रमा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मेनुका पोख्रेल र संचालन सचिव गीता लामिछानेले गरेकी थिइन् । प्रगति प्रतिवेदन सचिव गीता लामिछाने र कोषाध्यक्ष सचिव रुकमिणी खड्काले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा फोटोग्राफर संघमा भक्त
एकादशी महात्म्य प्रवचन
पलेसाको पोखरामा सम्मान
दलित पत्रकार संघ कास्कीमा सुरेश
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
भाद्र ३१, २०८१पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१