ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
Batulechour Teej mela Bindu thapa

पोखरा । पोखरा वडा १६ वडा कार्यालयको संरक्षकत्वमा बडहरबोट आमा समूह आयोजनामा बाटुलचौरमा बुधबारदेखि ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मेलाको उद्घाटन गरे । उनले सांस्कृतिक मेला महोत्सवले स्थानीय पहिचानलाई विश्वमाझ पु¥याउने बताए । उनले बाटुलेचौर प्राचीन मेलास्थलरुपमा रहेको बताउँदै यसको संरक्षण विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्घता जनाए ।

उनले ह्याण्डबलका अन्तर्राष्ट्रिय खेलाडी बाटुलेचौर निवासी विशाल बस्नेतलाई सम्मान गरे । मूल व्यवस्थापन समितिा संयोजक वडा सदस्य राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले तीज मेला बाटुलेचौरको पहिचान भएकाले यसलाई निरन्तरता दिन वडा कार्यालयले संरक्षकत्व ग्रहण गरेको बताए ।

कार्यक्रममा कृषिविज्ञ बेनीबहादुर बस्नेत, पूर्व संयोजक गुमादेवी गौतम अधिकारी, हिमालय क्लबका पूर्व अध्यक्ष मोहन थापालयाायतले बोलेका थिए ।

ज्येष्ठ नागरिक हरिदेवी तिमिल्सिनाले हम्काइलो भाका प्रस्तुत गरेको कार्यक्रममा संरक्षण आमा समूहले तीज नृत्य, अन्नपूर्ण बालश्रम, बालशिक्षा प्रि–स्कुलका बालबालिकाले नृत्य तथा ज्योति बस्नेतले स्वागत गीत प्रस्तुत गरे ।

आयोजक बडहरबोट आमा समूह अध्यक्ष कमला तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन मूल समिति सदस्य भीमबहादुर गायकले गरे ।

सो अवसरमा लोकदोहोरीगायक रामजी पौडेल र सुनिता नेपालीले तीजेगीत प्रस्तुत गरेका थिए भने झलकमान सारंगी पाठशालाका विद्यार्थीले सारंगी धून बताए ।

२१ भदौसम्म चल्ने मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएका छन् । वर्षाले रोकिएको ह्याण्डबलको फाइनल बिहीबार टिम विशाल र टिम मनकामनाबीच हुने संयोजक अनिल बस्तेले बताए । बिहीबार अन्तरविद्यालय लोकनृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुति रहने प्रचार उपसमितिका संयोजक सञ्जय थापाले बताए । मेलामा स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिसमेत रहनेछ ।

वडा कार्यालयले आफ्नो वडाभित्रका विद्यावारिधि गर्न सफल करिब २५ जनालाई सम्मान र सामुदायिक विद्यालयतर्फ नेपालमै उत्कृष्ट भएको विन्ध्यवासिनी र कास्कीमा उत्कृष्ट इन्द्रराज्य लक्ष्मी माविलाई सम्मान गर्ने जनाएको छ ।
मेला संचालन गर्न करिब १३ लाख खर्च लाग्ने अर्थ संकलन उपसमितिका संयोजक रामचन्द्र आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width