श्रीकृष्ण मन्दिर रामबजारमा निःशुल्क दन्त शिविर

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
sibir 4

पोखरा, १९ भदौ । पोखरा १० स्थित श्रीकृष्ण मन्दिर संचालक समिति र श्रीकृष्ण मन्दिर आमा समूहको संयुक्त आयोजनामा बुधबार मन्दिर परिसरमा आयोजना भएको निःशुल्क दन्त शिविरबाट ७५ जना लाभान्वित भए ।

शिविरमा गण्डकी मेडिकल कलेजको सहयोग रहेको समितिका अध्यक्ष विश्व तण्डुकारले बताए ।

शिविरमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको थियो ।

कलेजका डा. कृष्ण सुवेदी, डा. एन्जिला पुन, डा.संजीता ढकाल, डा.नमुना घिमिरे, डा.शंकृपा सिग्देल, डा. शिवु पोखरेलको सहभागिता रहेको थियो ।

कार्यक्रममा समितिका सचिव उत्तम गुरुङ, समूह उपाध्यक्ष गंगा हिताङ, श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक सोना गुरुङ लगायतको सहभागिता थियो ।

संस्थाले चाडपर्वदेखि सामाजिक कार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तण्डुकारले जनाए ।

 

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width