पोखरा । युनाइटेड क्लब पोखरा अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनबाट थापा सर्वसम्मतरुपमा अध्यक्ष निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्तबहादुर थापा, द्वितीय उपाध्यक्षमा सूर्यबहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सहकोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भए ।
कार्यसमिति सदस्यमा विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, शिव थापा, पदमबहादुर कार्की (विजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिमबहादुर क्षत्री, गणेश खड्का र सुरेश थापा निर्वाचित भए ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुकबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले निर्वाचित कार्यसमितिको पद तथा गोननीयताको सपथ ग्रहण गराएको छ ।
यसअघि, साधारणसभा उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लबले सामाजिक कामको माध्यमबाट अब्बल बनाउन सक्षम भएको बताए । उनले युवाले चाहे कुनै पनि काम सफल हुने बताए ।
पोखरा १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब र समाजसेवा एकअर्काका पर्यायवाची हो भने । उनले क्लबसँग आगामी दिनमा पनि सहकार्य गरेरै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
संस्थापक अध्यक्ष बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुला चिडियाखानाले चिडियाखानाको रुपमा नभइ उद्धार केन्द्रको रुपमा विकास भइरहेको बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा उल्लेख्य काम गर्दै आइरहेको भएता पनि क्लबले शिक्षाको क्षेत्रमा देशकै नमुनाको रुपमा गरिब तथा जेहेनदार विद्यार्थीलाई लक्षित गरी प्राविधिक विद्यालयको थालनी गर्ने र उक्त योजनाको लागि क्लबले ८ रोपनी जग्गा खरिद गरी योजना अगाडि विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरी योजनालाई मूर्त रुप दिनेतर्फ लाग्ने बताए ।
निवर्तमान अध्यक्ष लालकाजी गुरुङले क्लबमा आवद्ध सम्पूर्ण एकजुट भएर अगाडि बढेकै कारण आजसम्म सफलता पाइरहेको बताए ।
अमरसिंह मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण कोइरालाले क्लबले पोखरा महोत्सवकै आयोजना गरी सामाजिक काम गर्दै आइरहँदा त्यसमा अमरसिंह माविकको समेत प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको बताए ।
समाज कल्याण परिषद् अध्यक्ष राजेन्द्रबहादुर कार्कीले युनाइटेड क्लब पोखरामा अब्बल सामाजिक संस्थाको रुपमा रहेको बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र घिमिरे, सल्लाहकार सम्मरबहादुर श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङले पनि बोलेका थिए ।
सो अवसरमा क्लबको सुरुवात दिनमा महत्वपूर्ण भूमिकामा रही सहयोग गर्दै आएकोमा क्लबका पूर्व सल्लाहकार विश्वप्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सूुर्यबहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
युनाइटेड क्लबले बर्सेनि पोखराको अमरसिंहचौरमा पोखरा महोत्सव आयोजना गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१