लामाचौर तीज महोत्सव सुरु

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
lamachaur fest starts

पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ ।

महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो ।

३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको विकासमा मद्दत पुगेको बताए ।

संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । उनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत निवर्तमान अध्यक्ष रेश्मा शेरचन र सञ्चालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँले गरेका थिए ।

‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । दुवैतर्र्फ चार–चार टिमले भाग लिएको प्रतियोगिता मंगलबारदेखि नै सुरु भएको छ । दुवैको फाइनल तीजको दिन भदौ २१ गते हुनेछ । बुधबारको खेलमा महिलातर्फ विभागीय एपिएफ क्लब र न्यू डायमण्ड फाइनल प्रवेश गरेका छन् । दुवै टिमले दोहोरो जितका साथ स्पष्ट ६ अंकसहित फाइनल यात्रा सुरक्षित गरेका हुन् ।

पुरुषतर्फ पुलिसले दोस्रो जित दर्ता गरेको छ । उसले पहिलो दिन साविक विजेता गण्डकीलाई सोझो सेटमै हराएको थियो । बुधबार पुलिसले ट्राभल इन्क्वाइरी गलकोटलाई २५–१२, २५–१७ र २५–२२ को सोझो सेटमा पाखा लगाएको खेल संयोजक शंकर केसीले बताए ।

दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि सुरु भएको छ । जसमा २० टिमले भाग लिएको कलाकार दीपक खड्काले जनाए । १८ टिमले भाग लिएको अन्तरविद्यालयस्तरीय लोकनृत्य बिहीबारदेखि सुरु हुनेछ ।

बुधबार कलाकारहरु प्रकाश पराजुली, सरस्वती लामिछाने, शान्ति गुरुङ, दीपक खड्काले प्रस्तुति दिएर दर्शक नचाएका थिए । महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, वसन्त विश्वकर्मा समेत आउने छन् ।

महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरुले दर्शक आकर्षित गरेको प्रचार संयोजक दिनेश भण्डारीले बताए ।

तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ । आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ । महोत्सवको मुख्य प्रायोजक फलरस र बानियाँ किराना स्टोर्स लामाचौर हुन् ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width