बाटुलेचौर तीज मेलामा ह्याण्डबल

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
Batulechour Teej mela hand ball

पोखरा । बाटुलेचौरमा ऐतिहासिक बाटुलेचौर तीज मेलामा प्रथम अन्तरक्लब ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । लिग चरणमा आधारमा खेलाइने ह्याण्डबलमा ५ टिमले भाग लिएको प्रतियोगिता संयोजक अनिल बस्नेतले बताए ।

वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानीय वडहरबोट आमा समूह आयोजनामा तीज मेला आयोजना गरिएको छ ।

२१ भदौसम्म बाटुलेचौर खेल मैदानमा हुने मेलाको बुधबार गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्ने कार्यक्रम छ । समापन समारोहमा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी आउने छन् ।

सो अवसरमा अन्तरविद्यालय लोकनृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुति रहने प्रचार संयोजक सञ्जय थापाले बताए ।

मेलामा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति समेत रहने छ ।

मेला अवसरमा वडा कार्यालयले वडाभित्रका विद्यावारिधि गरेका करिब २५ जना व्यक्तिलाई सम्मान र सामुदायिक विद्यालयतर्फ नेपालमै उत्कृष्ट विन्ध्यवासिनी मावि र कास्कीमा उत्कृष्ट इन्द्रराज्य लक्ष्मी माविलाई सम्मान गर्ने वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए ।

वडा कार्यालयको संरक्षकत्वमा वडाभित्रका आमा समूहलाई नै आयोजक र सहआयोजकको जिम्मा दिई ४ दिनसम्म मेला संचालन गरिएको मूल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी बानियाँले बताए ।

आयोजक बडहरबोट आमा समूह अध्यक्ष कमला तिमिल्सिनाले वडा प्रतिनिधि तथा स्थानीयले महिलाप्रति गरेको विश्वास कायम राख्दै मेला सफल बनाउन वडाभरिका महिलाहरु उत्साहित भएर लागेको बताइन् ।

मेला संचालनका लागि करिब १३ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगदाताबाट संकलन गरिने वडा सदस्य एवं अर्थ संकलन उपसमिति संयोजक रामचन्द्र आचार्यले बताए ।

शाहकालीन इतिहास जोडिएको बाटुलेचौर तीज मेला मुलुककै पुरानो तीज मेला हो । यसले समग्र यस क्षेत्रकै संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको वडाध्यक्ष तिमिल्सिनाले बताए । मेलामा तीज परम्परागत हम्काइलो भाकासमेत प्रस्तुत गरिने छ । हम्काइलो भाका प्रस्तुतिका लागि स्थानीय ज्येष्ठ महिलाले तयारी सुरु गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…
  • दलित पत्रकार संघ कास्कीमा सुरेश

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको…
  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…

hero news full width