लेखनाथ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गंगाकुमारी खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उनी यसअघि उपाध्यक्ष थिइन् । लेखनाथ सामुदायिक इतिहासमा पहिलोपल्ट नेतृत्वमा महिला पाएको हो ।
खनाल ११ वर्षअघि साधारण सदस्य हुँदै केन्द्रमा विभिन्न किसिमका जिम्मेवारी समाल्दै अध्यक्षको जिम्मेवारी समाल्न सफल भएकी हुन् ।
उपाध्यक्षमा कृष्ण सुवेदी चयन भए । उनले अध्यक्षमा उम्मेदवारी दिएकोमा नेतृत्वमा सहमतिका आधारमा उनी उपाध्यक्ष बसेका हुन् । सचिवमा विनोदबहादुर थापा, सहसचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्णप्रसाद ओझालाई चयन भए । सदस्यमा नवराज पौडेल, सुमित्रा बञ्जरा, सन्तोष सुर्खेली, रामकृष्ण खनाल, गोविन्द वाग्ले, अर्जुन मल्ल र सुवास कँडेल रहेका छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले समाजमा विकृति विसंगति, लागुऔषध रोकथाम तथा अपराधजन्य घटना न्यूनीकरणका लागि यहाँ रहेका सामाजिक संघसंस्था र पुलिस प्रशासनबीच हातेमालो आवश्यकता रहेको बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका प्रहरी उपरीक्षक जनकबहादुर शाही, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति समितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, सामुदायिक सेवा केन्द्र बगर अध्यक्ष रामप्रसाद शर्मा, समितिका सल्लाहकार टीकाराम पंगेनी, संस्थापक अध्यक्ष मोती गिरी, पूर्व अध्यक्षतर्फबाट त्रिलोचन लामिछाने र ईश्वरीप्रसाद अधिकारी लगायतले सभ्य समाज निर्माणका लागि सामूहिक एकताको आवश्यकता औंल्याए ।
लेखनाथ सामुदायिकका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा कुमारी खनालले स्वागत र सचिव केशव तिवारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा फोटोग्राफर संघमा भक्त
एकादशी महात्म्य प्रवचन
पलेसाको पोखरामा सम्मान
दलित पत्रकार संघ कास्कीमा सुरेश
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
भाद्र ३१, २०८१पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१