रामबजारमा ३३ औं तीज गीत प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
Rambazzar Teej Compiton Photo

पोखरा । तीजको अवसरमा राम मन्दिर माछापुच्छ्रे महिला समूह पोखरा १०, १५ आयोजनामा ३३ औं संस्करणको तीज गीत प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिकाकोसमन्वय, हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा २१ भदौमा राम मन्दिर प्राङ्गणमा प्रतियोगिता हुने भएको हो ।

रामबजार क्षेत्रका विभिन्न मन्दिरमा पालैपालो तीज गीत प्रतियोगिता आयोजना गर्ने क्रममा यस वर्ष राममन्दिरमा गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष एवं मूल समारोह समिति अध्यक्ष माया गुरूङले बताइन् ।

२०६४ सालमा स्थापित राम मन्दिर संचालन समितिको भगिनी संस्था राम मन्दिर माछापुच्छ्रे महिला समूहले अन्तरनिहित क्षमता प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । रामबजारका सम्पूर्ण संघसंस्थाबीच भातृत्व जगाई संस्थागत विकास गराउन, सामाजिक विकासमा टेवा पु¥याउन, आर्थिक कोष वृद्धि गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताइन् ।

विजेतालाई नगद २५ हजार, उपविजेतालाई २०, तेस्रो हुनेलाई १५ हजार र सान्त्वनालाई ७ हजार पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सचिव लेकमाया पुनले बताइन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको उनले सुनाइन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य गर्ने एकएक जनालाई जनही २/२ हजार प्रदान गरिने भएको छ । जसमा करिब २० टिमले भाग लिने अनुमान छ । सहभागी टिमलाई यातायात खर्च वापत १/१ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम संयोजक रुपा गुरुङले रामबजारको पहिचान धर्म, संस्कृति उत्थानका साथ पोखरा महानगरपालिकाको अति महत्वपूर्ण रमणीय र धार्मिक क्षेत्रले परिचित रामबजारको प्रचारप्रसार गर्न उक्त प्रतियोगिताले थप टेवा पुग्ने बताइन् ।

प्रतियोगिताका परिकल्पनाकारमध्यका मनविर गुरूङले देशमै पहिलोपल्ट तीज गीत प्रतियोगिता गरेको दाबी गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…
  • दलित पत्रकार संघ कास्कीमा सुरेश

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको…
  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…

hero news full width