फोनिजद्वारा आभार व्यक्त

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
Fonij Abhar News

पोखरा । रजत जयन्ती अवसरमा मैत्रीपूर्ण खेल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले आभार व्यक्त गरेको छ ।

एक सन्देशमार्फत फोनिजले मुख्य प्रायोजक, संघसंस्था तथा व्यक्तिहरुलाई आभार प्रकट गरेको हो । गत २४ साउनमा पोखरा रंगशालामा पत्रकारबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता भएको थियो ।

खेलकुद उपसमिति संयोजक अर्जुन गाहा ‘सुशान्त’ मगरले सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरताको विश्वास लिए । प्रतियोगिताको मुख्य प्रायोजक एमपिजी सोलुसन पोखरा १५, नयाँ गाउँ हो ।

मुख्य सहयोगी प्रदेश खेलकुद परिषद् गण्डकीले ट्रफी, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम र प्राविधिक सहयोग गरेको फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीसमगरले बताए ।

पोखरा उद्योग वाणिज्य संघ, क्लब सिक्सटिन, युनाइटेड क्लब पोखरा, कञ्चन डिपार्टमेन्टल स्टोर्स, प्रोमिनेन्ट एजुकेशन कन्सल्टेन्सी, प्याडल नेपाल, पोखरा फुडल्याण्ड, लामा अमृत फाउण्डेशन घान्द्रुक, मोनालिसा पुजा पसल, गुरुङ ग्राफिक्स तथा पटवा टेन्ट हाउस सहयोगी थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…
  • दलित पत्रकार संघ कास्कीमा सुरेश

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको…
  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…

hero news full width