संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
Bindu kumar thapa 2081 05

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । ‘हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका छौं । शिक्षामा आमुल परिवर्तन ल्याउन तीनै तहको सरकार एक भएर लाग्नुपर्ने आवश्यकता छ । स्थानीय तहलाई अझ बढी जिम्मेवार भई शिक्षामा सुधार ल्याउन सकिन्छ,’ उनले भने ।

मन्त्री थापाले प्रदेश सरकारको नयाँ कार्यक्रम फ्राइडे फर फ्युचरले विद्यार्थीलाई व्यावहारिक ज्ञान समेत उपलब्ध गराउने बताए । उनले मन्त्रालय मातहतका सम्पूर्ण कार्यालयलाई समयमा काम थालनी गरी जिम्मेवारीपूर्वक सक्न निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव प्रकाश पौडेलले आधारभूत शिक्षा सुधार गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयले विद्यार्थीलाई मात्र केन्द्रित गरी कार्यक्रम राख्नुभन्दा पनि अभिभावक र शिक्षक सिकाईलाई समेत समेटेको जानकारी गराए । विद्यार्थीको लेखन सिपमा समेत दक्ष बनाउने गरी शिक्षामा बजेट विनियोजन भएको भनाइ उनको छ । भुक्तानीका लागि मन्त्रालयले नै धाउनुपर्ने प्रवृतिको अन्त्य गरी सम्बन्धित कार्यालय मार्फत नै कार्यक्रम तथा योजनाको भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको उनले उल्लेख गरे ।

आबुखैरनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहमा देखिएको दरबन्दीको समस्यालाई समाधान गर्नुपर्ने बताए ।

मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले अभिमुखीकरण कार्यक्रम ३ दिनसम्म चल्ने जनाए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, तनहुँ, गोरखा, लमजुङ, नवलपुुर र मनाङ जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

  • मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता असाेज २३, २०८१
    पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे…
  • संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताबारे सत्तासीन दलको नेतृत्व प्रस्ट हुनुपर्ने बताएका छन् । मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवन…
  • सार्वजनिक बसमा प्रहरीको निगरानी

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    नवलपुर । यात्रुको सुरक्षा मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका…
  • गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने

    प्रकाश ढकाल असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय सवारी, कास्कीबाट गएको आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी…
  • ४० ज्येष्ठ नागरिकलाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    स्याङ्जा । ‘सम्मानित बुढ्यौली विश्वव्यापीरुपमा स्याहार तथा सहयोग पद्दतिको सवलीकरण’ मूलनाराका साथ मंगलबार ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको…

hero news full width

Recent Posts

भर्खरै