पोखरा । गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले धौलागिरी उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने बताएका छन्।
एमाले बागलुङले मंगलबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री पाठकले हाल अस्पतालमा रहेका समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्ने योजना सुनाएका हुन् । ‘अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने सोच छ । त्यही ढंगले लाग्ने छु । आयुर्वेद अस्पताल छन्, प्रदेशअन्तर्गत । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने ।
बागलुङकै बुर्तिबाङ र गोरखाको अमलटारी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने उनले प्रतिबद्धता जनाए । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नसर्ने रोगको पहिचान गर्ने र न्यूनीकरण गरेर अगाडि बढ्नपर्छ भनेर स्क्रिनिङको पहिलो निर्णय गरेको मन्त्री पाठकले बताए । मन्त्री पाठकले आन्दोलन र पार्टीमा निरन्तर लाग्दा अवसर पाइने भन्दै पार्टीसम्बद्ध कोही पनि निराश नहुन आग्रह गरे । ब्रिफिङ लिने काम सुरु भएको र त्यो सकेपछि नीतिगत हिसाबले गर्नपर्ने काममा सक्रिय हुने मन्त्री पाठकको भनाइ थियो ।
एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले धौलागिरी क्याम्पस र धौलागिरी अस्पताल विकास गर्न सके त्यससँग बागलुङको सुनौलो भविष्य जोडिने सुनाए ।
आफूले जिल्ला अध्यक्ष जित्दा अध्यक्षका उम्मेदवार पाठकलाई व्यवस्थापन गर्नुपर्छ भनेर भनेको केसीले स्मरण गरे ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१