पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले बृहत् महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष तीज अवसरमा सचेतनासहितको विभिन्न कार्यक्रम गर्दै आएको छ ।
संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐननियमबारे जानकारीसहित आपसी सम्बन्ध बिस्तार गराउने उद्देश्यले कार्यक्रम गरिँदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
कार्यक्रम सहजीकरण गर्दै सहकारीका अभियन्ता प्रशिक्षक भीम गुरुङले सदस्यको साथ सहयोग निरन्तर हुनुपर्ने बताए । सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालकसहित सदस्यको हुने बताए ।
२०६३ मा स्थापित संस्थाले रेडियो सराङकोटसमेत संचालन गरेको छ । संस्थाले हाल ५४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, शोभियतबहादुर अधिकारी, कमलनयन गौतम, दुर्गाबहादुर सुनार, लेखा संयोजक शिवबहादुर बानियाँ, उपाध्यक्ष वसन्त बानियाँ, कोषाध्यक्ष राममणि पौडेल, संयोजक मायाकुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा महिलाको प्रस्तुतिसँगै विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । हाँस्यकलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुतिमा सहभागी रमाएका थिए ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१