पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठानले पोखराका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानले ‘बालशिक्षा कार्यक्रम’ अन्तर्गत कक्षा १२ सम्मका असहाय तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरेको हो ।
पोखराका १० विद्यालयका १ सय ७९ जना विद्यार्थीलाई विद्यालय झोलासहित शैक्षिक सामग्री र नगद छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । जसमा कक्षा ११ र १२ मा अध्ययनरत् ४६ विद्यार्थीलाई ६/६ हजार दरले नगद छात्रवृत्ति दिइएको छ । यस्तै, १ सय १८ जनालाई ब्यागसहित शैक्षिक सामग्री र सहारा आधारभूत विद्यालयका १५ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
पोखराका कन्या मावि, बालमन्दिर मावि, नवप्रभात मावि, सिर्जना बहिरा मावि, अमरसिंह मावि, ज्ञानभूमि आधारभूत मावि, महेन्द्र मावि, कुँडहर आधारभूत मावि, सिद्धार्थ आधारभूत मावि र सहारा आधारभूत माविका विद्यार्थी छनोट गरेर सहयोग गरिएको जनाइएको छ ।
प्रतिष्ठानका संस्थापक तथा संरक्षक विश्व शाक्यले प्रतिष्ठानले आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई सहयोग गर्दै आएको बताए । शिक्षाको पहुँचबाट टाढा रहेका तथा आर्थिक अभावकै कारण पढाइ छोड्नपर्ने अवस्था भएका विद्यार्थीलाई सामाजिक संस्थाले निभाउनुपर्ने दायित्व पूरा गर्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा प्रतिष्ठानका मानार्थ सम्मानित सदस्य डा. अनिल सुवेदीले छात्रवृत्ति पाउने ठूलो कुरा नभइ, सदुपयोग गर्न सक्नु ठूलो हो भने । छात्रवृत्ति पाउने विद्यार्थी अरुभन्दा अब्बल र सक्षम हुनुपर्ने र उनीहरुबाट अरुले सिक्नुपर्ने उनको भनाइ थियो । विद्यार्थीको पढाइलेखाइ विद्यार्थीमा मात्र भर नपर्ने भएकाले अभिभावक र शिक्षक पनि चनाखो हुनुपर्ने उनले बताए ।
संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक सदस्य नरेन्द्रमान लालचनले सिद्धि सेतुली स्मृति प्रतिष्ठान समाजसेवामा पूर्णरुपमा समर्पित संस्था भएको बताए । प्रतिष्ठानका सहयोगी संरक्षक क्या. मनबहादुर गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन छात्रवृत्ति प्रदान गरिएको बताए । छात्रवृत्तिको सक्दो सदुपयोग गर्न उनको सुझाव थियो । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले प्रतिष्ठानको बृहत् कार्यमा वडाले सहयोग गर्ने बताए ।
बाल मन्दिर माविका प्रधानाध्यापक सुशील बस्नेतले छात्रवृत्तिले विद्यार्थीको शैक्षिक विकासमा सहयोग, प्रेरणा र हौसला मिल्ने बताए । कार्यक्रममा कन्या क्याम्पसकी विद्यार्थी यसोदा पुर्जा पुन र सिर्जना बहिराका यमुना खत्रीले छात्रवृत्तिले पढाइमा सहयोग गर्ने बताएकी थिइन् ।
प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला तझ्याले स्वागत र सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१