जननी तीज संवादमा उद्यमी महिला आवाज

प्रमुखसचिव लक्ष्मी बस्नेतलाई जननी सम्मान–२०८१

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०८१
janani sambad edited 1

पोखरा । ‘जननी तीज संवादः उद्यमीका आवाज’ कार्यक्रममा महिला उद्यमीहरुले उद्यमशीलताका यात्रा अनुभव सुनाएका छन् । उनीहरुले उद्यमशीलता क्षेत्रमा भोगेका चुनौती, सफलताको सूत्र र भाविष्यका योजना सुनाए । उद्यमशीलता र महिला सशक्तीकरणलाई केन्द्रमा राखेर स्थापित रेडियो जननी ९०.६ ले तीज अवसरमा उक्त संवाद कार्यक्रम गरेको हो ।

मनखुशी मल्टिपर्पोजका सञ्चालक काशी गुरुङले उद्यमशीलता क्षेत्रमा सुरुवाती कठिनाइ र संघर्षका दिनको स्मरण गर्दै २० केजी मकैले आफ्नो जीवनमा उद्यमीको परिचय बनाउन सफल भएको सुनाइन् । २०७० सालबाट भुटेको मकै, चिउरा, बदाम, मकै कोदो, फापर, सातुका उत्पादनलाई बजारीकरण उद्यमशील यात्रामा निरन्तर अघि बढेको अनुभव राखिन् । राज्यले प्रदान गर्ने महिला उद्यमी कर्जा, अनुदानले पनि आफ्नो व्यवसायलाई विस्तार गर्न सहज भएको उनको भनाइ थियो ।

लेकसाइडमा सन्तोषीमाता हस्तकला उद्योग संचालन गर्दै आएकी पम्फा थापाले महिला उद्यमशीलताको लागि नीति तथा संरचनामा अझ सुधार गर्नुपर्नेमा जोड दियन् । उनले हस्तकला उद्योगमार्फत स्थानीयस्तरमा स्वरोजगारको अवसर सृजना गरिरहेको बताइन् । झोला लगायतका सामान विदेशमा समेत निर्यात हुँदै आएको बताइन् ।

अर्का उद्यमी रजनी चापागाईले प्रेरणादायी कथा सुनाइन् । कटिङ गरिएका पेटिकोट ३ रुपैयाँ ज्यालामा सिलाउँदै सीपसँग जोडिएको स्मरण गर्दै उनले आज करिब ३५ जनालाई रोजगार दिन सफल बताइन् । ढाकाका विभिन्न पोशाक तयार गरी व्यवसाय गर्दै आएकी उनले वैदेशिक रोजगारमा गएको श्रीमानलाई समेत नेपाल झिकाएर अहिले सफल व्यवसायिक जीवन बिताएको सुनाइन् । उनको रक्षा चापागाईं स्टोर्स संचालित छ ।

सो अवसरमा रेडियाले गण्डकी प्रदेशका प्रमुखसचिव लक्ष्मी बस्नेतलाई जननी सम्मान–२०८१ बाट सम्मान गरेको छ । प्रदेशको विकास र महिला सशक्तीकरणमा उनको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सम्मानपछि बस्नेतले सरकारी नीति कार्यान्वयन गर्दै उद्यमी महिलाहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाइन् । कर्मप्रतिको लगावमा सम्मानले थप ऊर्जा मिलेको उनको भनाइ थियो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य एवं पृथ्वीनारायणका उपप्राध्यापक डा. शान्ता खत्रीले तीजको ऐतिहासिक र आधुनिक पक्षबारे धारणा राख्दै महिलालाई सामाजिक परिवर्तनको संवाहकका रूपमा उभिन प्रेरित गरिन् ।

रेडियोका संस्थापक अध्यक्ष हिरा भट्टराई रेडियोले ‘पहिलो आवाज उद्यमशीलता, दोस्रो आवाज स्वतन्त्रता र तेस्रो आवाज समानता’ का लागि भन्ने उद्घोषका साथ रेडियो संचालित भएको जनाउँदै तीजलाई उद्यमसँग जोड्न उद्यमीका आवाज आयोजना गरेको बताइन् । उद्यमी महिलाबाटै समृद्ध देशको परिकल्पना गर्न सकिने धारणा राखिन ।

रेडियोका सिनियर कार्यक्रम प्रस्तोता एवं कार्यक्रम संयोजक जमुना वर्षा शर्माले महिला उद्यमशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताइन् । उनले महिला उद्यमीहरूका आवाजलाई बुलन्द गर्दै समाजमा सशक्तीकरण र उद्यमशीलताको नयाँ दृष्टिकोण प्रस्तुत गर्न उद्यमीका आवाज कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको धारणा राखिन् ।

सञ्जीवनी नारी समूहले उद्यमशीलता र तीज पर्व समेट्नेखालको तीज गीत प्रस्तुत गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी महिला, सामाजिक अभियन्ता, महिला समूह र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width