माओवादी पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु : अध्यक्ष दाहाल

रासस
भाद्र १७, २०८१
pm prachanda
बाँके, १६ भदौ  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउनुभएको छ । माओवादी केन्द्र बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढाउने काम गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा जनसमर्थन घटेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले छोटो समयमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकाले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताउनुभयो ।
अध्यक्ष दाहालले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौँ नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर नयाँ आशा जागृत गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले बाँके मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकाले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवालाई स्थापित गर्न जिल्ला नेतृत्व तथा केन्द्रबाट खटिएका नेतालाई निर्देशन दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, नेतृ पूर्णाकुमारी सुवेदी र पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी, पार्टीका नेता बलदेव शर्मा, महेश्वर गहतराजलगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width