‘निजी क्षेत्रको पीरमर्का सम्बोधन हुनेछ’

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०८१
bindu kumar thapa

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले निजी क्षेत्रको पीरमर्का सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रसँगै सरकार हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको जनाए ।

उनले भने, ‘म पनि व्यावसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्काबारे जानकार छु । निजी क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानुन निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।’

मन्त्री थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न प्रदेश सरकारले ताकेता गरिरहेको र छलफलका कार्यक्रम समेत अगाडि बढेको जानकारी गराए । पोखरेली सबैको साझा प्रयासबाट अन्तर्राष्ट्रिय विमानस्थल भित्रेसँगै अब उडान समेत सबैको साझा प्रयासबाट नै हुने भनाइ उनको छ ।

भारतीय पर्यटक र चिनिया पर्यटकलाई आर्कषित गर्दै उनीहरुबाट लाभ लिन सक्ने खालको पूर्वाधार निर्माणमा सरकार लागिरहेको उनले बताए । पोखरा बसपार्क निर्माणमा केही समस्या देखिए तापनि त्यसको समाधान गर्ने बाटोमा तीनै तहको सरकार अग्रसर रहेको उनको भनाइ छ ।

पोखरामा बन्ने ‘कोसेलीघर’ अन्तर्राष्ट्रिय स्वरुपको बन्नुपर्ने र प्रदेश भित्र उत्पादन हुने वस्तुको बजारीकरणमा र प्रदर्शनमा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

होटल व्यवसाय महासंघ गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले पैसा लगानी गरेर मात्र व्यवसाय प्रवद्र्धन नहुने सरकारले नै चासो दिनुपर्ने उल्लेख गरेका छन् । साना तथा मझौला होटल व्यवसायीको हितबमोजिम प्रदेश सरकारले नीति निर्माणमा ध्यान दिनुपर्ने भनाइ उनको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्रहरी व्यवसायीसँग मिलेर नै काम गर्न इच्छुक रहेको उल्लेख गरे ।

पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष ओमराज बास्तोला र पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता असाेज २३, २०८१
    पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे…
  • संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताबारे सत्तासीन दलको नेतृत्व प्रस्ट हुनुपर्ने बताएका छन् । मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवन…
  • सार्वजनिक बसमा प्रहरीको निगरानी

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    नवलपुर । यात्रुको सुरक्षा मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका…
  • गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने

    प्रकाश ढकाल असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय सवारी, कास्कीबाट गएको आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी…
  • ४० ज्येष्ठ नागरिकलाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    स्याङ्जा । ‘सम्मानित बुढ्यौली विश्वव्यापीरुपमा स्याहार तथा सहयोग पद्दतिको सवलीकरण’ मूलनाराका साथ मंगलबार ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको…

hero news full width

Recent Posts

भर्खरै