पलेसालाई बधाईको ओइरो

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०८१
palesha

पोखरा । खेलकुदमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल भएकी पलेशा गोवर्धनलाई यतिखेर बधाईको ओइरो लागेको छ ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

यो सफलतासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बधाई ज्ञापन गरेका छन् ।

शनिबार सामाजिक सञ्जालबाट गोवधर्नलाई उनले बधाई दिएका हुन् ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपाली तेक्वान्दो खेलाडी पलेशाले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले बधाई दिँदै भनेका छन्, ‘नेपालकी पलेशा गोवर्धनले पारालिम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन् । यस उल्लेखनीय उपलब्धिका लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ ।’ अन्य शुभचिन्तकले पनि उनको बधाईमा सामाजिक सञ्जाल रंगाएका छन् ।

नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेको हो । तर, हालसम्म पदकविहीन थियो । सन् २००३ जन्मिएकी पलेसाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भाग विकास भएको थिएन ।

Related News

सम्बन्धित समाचार

  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भएका छन् । लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रही…
  • पोखरामा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन…
  • पलेशालाई पोखरामा सम्मान गरिने

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई पोखरामा सम्मान…

hero news full width