पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेको गठबन्धन आगामी ८४ को चुनावसम्मै टिक्ने दाबी गरेका छन् । ‘कही नभएको जात्रा हाडीगाउँमा’ अहिले गण्डकीमा भएको भन्दै उनले टिप्पणीसमेत गरे ।
प्रेस चौतारी नेपाल गण्डकीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय सरकारका प्रवक्ता समेत रहेका उनले अहिलेको गठबन्धन ८४ को चुनावसम्मै जाने दाबी गरेका हुन् । परराष्ट्र मन्त्री आरजु देउवाको भारत भ्रमणलाई लिएर सरकारको आयु छोट्इँदै गएको भन्ने टिप्पणी आइरहँदा उनले सम्बन्ध सुधारका लागि थियो भन्ने कुरा कसैले ध्यान नदिएको बताए । उनले ‘म्याजिक नम्बर’ भएको पार्टीले दुई ठूला दललाई पटक–पटक धोका दिएकोले अब यो सरकार चुनावसम्म जाने जिकिर गरे । नेपालको पत्रकारिताको कमजोरी भनेको अलि बढी नेगेटिभ समेत रहेको टिप्पणी गरे ।
‘टिआरसी विधेयक आउनु ‘माइल स्टोल’ हो,’ उनले भने, ‘२०६२÷०६३ देखि अल्झिएको यो समस्या समाधान भयो । सरकार टिक्ने आधार पनि हो ।’ उनले धेरै प्रदेशमा आवश्यक कानुन बनाउन क्याबिनेटमा आफूले आवाज उठाउने मन्त्री गुरुङले बताए । संघीय निजामती ऐन, संघीय प्रहरी ऐन ल्याउन अवरोध भए पनि छिट्टै ल्याउने उनले बताए ।
यस्तै, एमाले–कांग्रेसबीच सत्तासमीकरणको मर्म गण्डकीले पालना नगरेको विषयमा उनले टिप्पणी गरे ।
उनले केन्द्रमा जे समीकरण बन्यो, तल पनि त्यही समीकरण हुनुपर्ने सहमति बमोजिम गण्डकीमा कांग्रेस नेतृत्वको सरकारले त्यो पालना नगरेको बताए । उनले भने, ‘मलाई दुःखको बेलामा साथ दिएको भन्नु गलत हो । यो निजी प्रणाली हो र ? कम्पनी चलाएको हो र ?’
संघीय सरकारमा कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली अहिल प्रधानमन्त्री छन् । गत १७ असारको मध्यरातिमा ओली–देउवाबीच सहमतिमा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, गण्डकीमा एमाले सरकारमा गइसकेको छैन ।
एमाले संसदीय दलका नेता खगराज अधिकारी र कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच ९ मन्त्रालय बनाउने सहमति भएको विषय बाहिरिँदा कांग्रेसको भागमा परेका ५ मन्त्रालयबाटै समाजवादीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेको मन्त्री पद जोगाइराख्ने खेलमा कांग्रेस लागिपरेको छ । सोही विषयमा गण्डकी सरकारका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले गण्डकीको यो अभ्यास ‘राजनीतिक रुपमा गलत’ भएको बताएका हुन् ।
सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनबारेको विधेयक, दुरसञ्चारसम्बन्धी विधेयक एक सय दिनभित्र क्याबिनेटमा लैजाने र एआई चलाउनेसम्बन्धी कानुन ल्याउने जनाए ।
नेपालको सरकारी सञ्चारमाध्यम राजा महेन्द्रको पालाको ऐन संशोधनको आवश्यकता रहेको उनले औंल्याए । कार्यक्रम प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो भने संचालन महासचिव आश गुरुङले गरे ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१